एसएलसी यस्तो पनि


सल्यानको च्युरास्थित त्रिभुवन जनता मावि केन्द्रको कार्यालयमै बसेर चिट बनाइरहेका शिक्षक (तस्बिरमा) । परीक्षा सुरू हुनुभन्दा आधा घन्टाअघि नै शिक्षकहरुले प्रश्नपत्र खोलेर उत्तर लेख्छन् र परीक्षा हलमा गएर विद्यार्थीलाई चोराउछन् ।”

यो एसएलसी परीक्षाको एउटा दृश्य हो, जहाँ विद्यार्थी होइन शिक्षकहरू उत्तर लेखिरहेका छन् । उनीहरूले लेखेका उत्तर कोठा-कोठामा पुर्‍याइन्छन् र विद्यार्थी त्यसलाई निर्धक्क सार्छन् । राजनीतिक भागबण्डाका आधारमा सञ्चालन भइरहेको सल्यानको एलएलसी परीक्षामा विषयगत शिक्षकहरूले नै यसरी चिट चोराउने गरेका हुन् । जिल्लाका १७ परीक्षाकेन्द्रमा परीक्षा सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रले संस्थागत रूपमै चिट चोराउने व्यवस्था मिलाएको छ । Continue reading

नेपालसँग हङकङ ११८ रनको भारी अन्तरले पराजित


कुवेतमा जारी एसीसी ट्रफी एलिट कपमा नेपालले आज बिहान हङकङलाई १ सय १८ रनले पराजित गरेको छ । नेपालले २ सय ३७ रनको लक्ष्य दिएकोमा हङकङ ३३ दशमलव ३ ओभरमा १ सय १८ रन बनाएर अल आउट भयो । Continue reading

दीपकको निलम्बन फुकुवा


पछिल्लो एक साता दीपक विष्ट तनावमा रहे, रुन पनि बाध्य भए । तर ‘अन्त्यमा सत्यको सधैं विजय हुन्छ,’ भनिए झै यतिखेर उनमा खुसी छाएको छ । एक साता गलत कारणले चर्चामा रहेपछि तेक्वान्दो स्टार दीपकको विवाद प्रकरणले सोमबार निकास पायो । उनका लागि सोमबार पूरा दिन उतारचढावपूर्ण रह्यो । उनलाई कारबाही गरेको दाबी गर्ने राष्ट्रिय खेलकुद परिषद् पछाडि हट्नुपर्‍यो । एक वर्ष प्रतिबन्ध सजाय घोषणा गरेको राखेपले आपmनो भनाइलाई मिडियाले गलत बुझेको बतायो । Continue reading

ज्ञानेन्द्रले कुवेतको भिसा पाएनन्


काठमाडौं, उपकप्तान ज्ञानेन्द्र मल्लबिना नै नेपाली टोली एसिसी ट्रफी इलाइट खेल्न सोमबार कुवेत लागेको छ। १६ सदस्यीय नेपाली टोली बिहान साढे ९ बजे गल्फ एयरबाट कुवेततर्फ लाग्दा प्रमुख ब्याट्सम्यान ज्ञानेन्द्र भिसा अस्वीकृत गरिएका कारण घरैमा बस्न बाध्य भए। ज्ञानेन्द्र मल्ल नेपाली टोलीका वैकल्पिक सहित सबै खेलाडीको भिसा आए पनि ज्ञानेन्द्रको भिसा दुई पटक अस्वीकृत भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। शनिबार तेस्रो पटक उनको भिसाका लागि आवेदन दिइएको छ। मंगलबारसम्म भिसा आएमा ज्ञानेन्द्रलाई नै कुवेत पठाइने नत्र भने वैकल्पिक खेलाडीलाई पठाइने क्यान अध्यक्ष विनयराज पाण्डे बताउँछन्।
बैकल्पिकमा सुवास खकुरेल, नरेश बुढाऐर र प्रदीप ऐरी छन्। १० राष्ट्रसम्मिलित प्रतियोगिता बुधबार सुरु हुँदैछ। एसियाली क्रिकेट परिषद् (एसिसी) ले आयोजना गर्ने यो सबैभन्दा ठूलो प्रतियोगिता हो। ज्ञानेन्द्रको भिसा नआएपछि नेपालले आइतबार कडा आपत्ति जनाउँदै एसिसीलाई पत्र पठाएको अध्यक्ष पाण्डेले बताए।
गल्फ राष्ट्रमा हाम्रा खेलाडीमाथि बारम्बार भएको यस्तो घटनाविरुद्ध आगामी मे महिनामा हुने एसिसी विकास बैठकमा हामी यसलाई मुद्दा बनाउने छौं एसिसीको विकास बैठक सदस्य पनि रहेका पाण्डेले भने, ‘यो प्रतियोगिता हाम्रो पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ को तयारीको रूपमा पनि रहेको छ, त्यस हिसाबले यो हाम्रा लागि प्रमुख प्रतियोगिता हो, भिसाका कारण ज्ञानेन्द्र खेल्न पाएन भने त्यो हाम्रा लागि ठूलो घाटा हुनेछ।’ Continue reading

‘कम्प्रोमाइज सहनै गाह्रो’ – निरुता सिंह


निरुता सिंह । डेढ दशकदेखि लगातार नेपाली रजतपटमा झन्डै एकछत्र छाएकी नायिका । उनी बितेको डेढ वर्षयता भने भारतको मुम्बई नगरीमा इन्टेरियर डिजाइनको पढाइगुनाइमा हराएकी थिइन् । तर, पढाइ बीचैमा थाँती राखेर निर्देशक रक्षा सिंहको ‘द गेम’ फिल्ममा अभिनय गर्न निरुता अहिले काठमाडौं आएकी छन् । दार्जिलिङ मूल घर भएकी यी नायिकाले बितेका वर्षमा ९० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । निरुता अभिनित दक्षिणा, दर्पण छायाँ, आफन्त, ठूलदाइ, अजम्बरी मायाँ, रहरलगायतका फिल्महरू दर्शकका मनमा छाएका छन् । तुलसी घिमिरे निर्देशित ‘देश’ उनको प्रतिक्षित फिल्म हो । नेपाली चलचित्र उद्योगबाट झन्डै निराश बनेर बाहिरिएकी निरुता अहिले किन फिरेकी हुन्, उनीसँग ‘द गेम’ फिल्मको सुटिङबाट थाकेर घर फिरेका बेला सोमबार साँझ फोनमा गरिएको कुराकानी- Continue reading

सोलुखुम्बुका सञ्चारकर्मी सम्मानित


प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आज सोलुखुम्बुमा कार्यरत बिभिन्न संचारमाध्यम तथा संचारकर्मीहरुलाई कदर पत्र सहित सम्मान गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा भएको कार्यक्रममा जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा जनतालाई सु-सुचित गर्नका निम्ति महत्वपर्ुण्ा भुमिका खेलेको भन्दै संचारकर्मीहरुलाई प्रजिअ कणेलले कदर पत्र प्रदान गर्नुभएको हो । Continue reading

एसीसी एलाइट ट्रफीमा भाग लिन नेपाली क्रिकेट टिम कुवेत आईपुग्यो


कुवेतमा संचालन हुने एसीसी एलाइट ट्रफी २०१० मा सहभागिता जनाउन नेपाली क्रिकेट टिमको “पूर्व सूचना अनुसार” गल्फ एयरको उडान नं. GF-215 बाट आज २९ मार्च २०१० को दिन, बेलुकीको ५.१५ बजे कुवेत आगमन भएको छ । Continue reading