प्रधानमन्त्री माधव नेपालद्वारा राजीनामा


काठमाडौ, अषाढ १६ – सरकार गठन गरेको १३ महिना पछि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएका छन् । बुधबार साँझ राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्री नेपालले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा पत्र अव राष्ट्रपति समक्ष पठाइने छ । राष्ट्रपतिले स्वीकृत गरेपछि प्रधानमन्त्री पद मुक्त हुनेछन् । तर, अर्को सरकार नबनेसम्मका लागि उनी काम चलाउ सरकार प्रधानमन्त्री रहने छन् । यसअघि उनले एमाले स्थायी समितिको बैठकमा सम्बोधन मार्फत राजीनामा दिने जानकारी गराएका थिए । उनी वामपन्थीहरु मध्ये सबैभन्दा लामोसमय प्रधानमन्त्री बनेका छन् ।

के भने प्रधानमन्त्रीले ? Continue reading

प्रधानमन्त्रीले साँझ राजीनामा दिने


काठमाडौं , अषाढ १६ – दलहरुबीच सहमति नजुटेपनि प्रधानमन्त्री माधवकुमार नेपालले आज साँझ राजीनामा दिने भएका छन् । उनले साँझ ६ बजे राष्ट्रका नाममा सम्वोधन गर्ने कार्यक्रम छ । Continue reading

आइतबारभित्र एसएलसीको नतिजा आउने, एसएमएसमा पनि नतिजा


काठमाडौं, असार १६ (नागरिक)- परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय उच्चस्रोतका अनुसार आइतबारभित्र नतिजा प्रकाशन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले चार लाख परीक्षार्थीको कम्प्युटरमा इन्ट्री गरिएको नाम, जन्ममिति, नम्बर लगायतका विषयहरु रुजु भइरहेको बताए। यस पटक आन्दोलन र गत वर्षको भन्दा बढी परिक्षार्थी रहेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको उनले बताए। Continue reading

भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री विमानस्थलमा पक्राउ


केपी ढुंगाना, काठमाडौँ, असार १६- भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेनलाई काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ। उनीसित नेपालमा प्रतिबन्धित पाँच सय र हजार रुपैयाँका नौ लाख बराबर भारु भेटिएको प्रहरी स्रोतले बताएको छ। Continue reading

सचिवहरूद्वारा सामूहिक राजीनामा करिब १५ सय सचिव गाउँ जान सकेका छैनन्


काठमाडौ, अषाढ १६ – सुरक्षा अभाव भन्दै विभिन्न जिल्लामा गाविस सचिवले राजीनामा दिनेक्रम बढेको छ । सशस्त्र र भूमिगत समूहको धम्कीले काम गर्ने वातावरण नरहेको भन्दै उनीहरूले स्थानीय विकास अधिकारीमार्फत सामूहिक राजीनामा दिएका हुन् । खासगरी पहाडी जिल्लामा सातायता यो क्रम बढेको छ । चन्दा, अपहरण र ज्यान लिनेसम्मको धम्की आएपछि मंगलबार दोलखा, पर्वत र बर्दियाका सबै गाविस सचिवले राजीनामा दिए । Continue reading

पाराग्वेद्वारा जापान पेनाल्टी सुटआउटमा ५-३ ले पराजित


प्रेटोरिआ, असार १५ (एएफपी)- पाराग्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पाराग्वेले मंगलबार जापानलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्‍यो। निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि निर्णय पेनाल्टी सुटआउटमा गएको थियो। यस विश्वकपमा पेनाल्टी सुटआउटमा निर्णय भएको यो पहिलो खेल थियो।  जापानका युइची कोमानोले तेस्रो पेनाल्टी क्रसबारमा हानेको समयमा लोफ्टस भर्सफिल्ड रंगशालामा बैकल्पिक ओस्कार कार्डोजोले अन्तिम प्रहारलाई गोलमा परिणत गरी पाराग्वेलाई विजयी बनाएका थिए। पाराग्वेले स्पेन र पोर्चुगल बीचको विजेतासँग क्वार्टरफाइनलमा खेल्ने छ। Continue reading

१८ बर्षिया युवतीमाथी सामुहिक बलात्कार


असार १६ दाङ ।
दाङको तुल्सीपुरमा गएराति एक युवतीमाथी सामुहिक बलत्कार भएको छ ।
रुकुम चुनवाङ गाविस २ निवासी १८ बर्षिया युवतीलाई तुल्सीपुरस्थित न्यु राप्ती गेष्ट हाउसमा बसेको समयमा ६/७ जना युवाको समुहले गेष्ट हाउसबाट जर्वजस्ती बाहिर निकाली नजिकैको मकैबारीमा लगेर सामुहिक बलात्कार गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनु भयो । Continue reading