कांग्रेसको गाउँ अधिवेशन साउन १६ गते


सल्लेरी – सोलुखुम्बु, साउन ९ (सोलु अनलाइन) – नेपाली काँग्रेस सोलुखुम्बुले जिल्लाका ३४ वटै गाविसहरुको गाउँ अधिबेसन साउन १६ गते गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिती सोलुखुम्बुको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको जिल्ला कार्यसमिती सदस्य बिनोद बस्नेतले जानकारी दिनुभयो । वहाँका अनुसार बैठकले साउन २६ र २७ गते सम्पन्न हुने जिल्ला अधिबेसन सफलताको लागी जिल्ला सभापती प्रभुराम बस्नेतको संयोजकत्वमा अधिबेसनको तयारीको मुल समिती समेत गठन गरेको छ ।
यसैविच नेपाली कांग्रेसको गाउँ र नगरस्तरीय अधिवेशन आज हुँदैछ । आज पहिलो चरणमा सबै गाविसहरुमा अधिवेशन र नगरपालिकाहरुमा नगर अधिवेशन गर्ने काग्रेसले जनाएको छ । देशभरिका करिब ४ हजार गाविस र नगरपालिकामा आज एकै साथ अधिवेशन हुन लागेको हो । अधिवेशनका लागी केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत तथा प्रतिनिधिहरु सम्बन्धित ठाउँहरुमा पगिसकेको कांगे्रसले जनाएको छ । आन्तरिक विवाद तथा केही ठाउँमा प्राविधिक कारणले केही जिल्लामा भने पछि अधिवेशन गरिने तय गरेको जनाइएको छ । कांगे्रसको महाधिवेशन सम्बन्धी कार्यतालिका अनुसार क्षेत्रीय अधिवेशन १५ गते हुनेछ भने हिजोको निर्णय अनुसार साउन २७ गते जिल्ला अधिवेशनहरु हुनेछ ।

Advertisements

2 thoughts on “कांग्रेसको गाउँ अधिवेशन साउन १६ गते

  1. Aab feri K.C kasalai Goda banaune ho herna baki chha. KC rahunjel NC ma khoi Kasaile Latarla jasto chahina.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s