डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट क्वाटरफाइनलमा


लगातार तेश्रो जित हात पार्दै डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट ‘मोर्गन कप’ नवौं पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिजो त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा समूह एको लिग खेलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई १०१-६३ ले हरायो ।नेपाल बास्केबटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ प्राइम पेन्टागन र नया बजारले पनि सफलता प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आज पुरुषतर्फ भीएस निकेतन र काभ्रे प्राइम र ह्वाइटहाउस बी तथा साइपल र जेभियर इन्टरनेसनलबीच खेल हुनेछ । महिलातर्फ नासाले जेभियर इन्टरनेसनलसंग खेल्नेछ ।

Leave a comment