रेस्टुरेन्ट मालिकको हत्या


काठमाडौं, – मखनको मसाङ गल्लीमा रहेको तृष्णा नेवारी खाजा घरका सञ्चालक कृष्ण श्रेष्ठको हत्या भएको छ। मध्याह्‍न ३ बजे खाजा घरमा आएका दुई जनाले उनलाई बियरको बोतल र ग्लासले हानेर हत्या गरेका हुन। महानगरीय प्रहरी प्रभाग जनसेवाका अनुसार ४० वर्षीय श्रेष्ठको खाजा घरमै मृत्यु भएको थियो। उनकी श्रीमती सीता श्रेष्ठलाई भने उपचारका लागि वीर अस्पताल ल्याइएको छ। प्रभाग प्रहरीका अनुसार श्रीमतीसहित खाजा घरमा बसिरहेका काभ्रे, सुन्थानका श्रेष्ठलाई बाहिरबाट आएका दुई युवाले एक्कासि खाजा घरमा रहेको बोतल र ग्लासले प्रहार गरेका थिए। प्रहारकर्ताको प्रतिकार गर्ने क्रममा उनीहरुले सीतालाई समेत कुटेका थिए। आक्रमणकारीले कृष्णलाई गम्भीर घाइते बनाइ उनकी श्रीमतीलाई हात बाँधी मुखमा पट्टी लगाएर भागेका थिए। घटनाको आधा घन्टापछि घटनास्थल पुगेको प्रहरीले सीतालाई बेहोस अवस्थामा र कृष्णलाई मृत अवस्थामा फेला पारेका थिए। आक्रमणकारीबारे प्रहरीले जानकारी पाउन सकेको छैन।

source: nagarik

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s