सर्पले गाउँले आतंकित


श्रावण ९ – बर्षासँगै बढ्दो गर्मी र जंगलको रुख कटानले जंगल वरिपरिका गाउँमा अहिले सर्पको विगविगी बढेको छ । जंगल छेउमा रहेको हरैया-१ रामनगर गाउँका स्थानीयहरु सर्पको डसाईले त्रसित बनेका छन् । गत दुई सातामा रामनगरका बालबालिका सहित १० जनालाई सर्पले डसेको छ । ती मध्ये २२ बर्षीय मनकुमारी थापाकी उपचारको क्रममा मृत्यु भईसकेको छ । उनलाई धामी झाँक्रीको विश्वासमा उपचार गराउन अस्पताल नलग्दा मृत्यु भएको स्थानीय सोनालाल साहले बताए । गत शुक्रवार विहान सोही वडाको एकै दिन ६ जनालाई सर्पले डसेको थियो । तिनीहरु उपचारको क्रममा छन् । ती मध्ये ३५ बर्षीय गणेश रुम्बा नारायणी उप क्षेत्रीय अस्पताल वीरगंजमा उपचार गराईरहेका छन् । बाँकी धामीझाँक्रीकै भरमा उपचार गराएका छन् । ५ बर्षीय निशान्त रुम्बा, १५ बर्षीया सुधा अधिकारी, २० बर्षीया ममता पाखि्रन लगायतकालाई सर्पले डसेको थियो । विहान उठेर बारी वा घरगोठमा काम तथा हिडडुल गर्दा सर्पले डसिरहेको साहले बताए । ‘गाउँका बुढापाका, बालबालिका, महिला सबै सर्प डस्ने डरले त्रासमा छन्’ उनले भने । बढ्दो गर्मीसँगै जमीन तात्दा सर्पको विगविगी बढेको हो । कलैया अस्पतालका अनुसार दुई महिनामा सर्पले डसेर ८ जना भन्दा बढीको मृत्यु भईसकेको छ ।

source: kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s