माओवादी र काङ्ग्रेसको मधेसी मोर्चासँग छलफल


१०  साउन काठमाडौं, आगामी साउन १७ गते हुने प्रधानमन्त्रीको तेस्रो निर्वाचनमा बहुमत प्राप्त गर्न एकीकृत ने क पा माओवादी र नेपाली काग्रेसले आ-आफ्नो प्रयास जारी राखेका छन् ।

यसक्रममा हिजो दुवै दलले सरकार गठनमा निर्णायक मत रहेको मधेशवादीदलहरुसग अलग-अलग छलफल गरेका छन् । यद्यपि मधेशवादी दलहरुले कुनै पनि दललाई मत दिने विषयमा स्पष्ट निर्णय गरेका छैनन् । हिजो माओवादी र मधेशवादी दल विच भएको बार्तामा मधेशी मोर्चाले राखेको आधारपत्रमा गंभीर छलफल भएको माओवादी उपाध्यक्ष नारायणकाजि श्रेष्ठ प्रकाशले जानकारी दिनुभएको छ । बैठकमा मधेशी मोर्चाको मागका संबन्धमा मौखिक धारणा राखिएको उहाँले बताउनु भयो । माओवादीले नागरिकता साझेदारी बन र एक मधेश एक प्रदेशका संबन्धमा मोर्चाले राखेको मागको थप व्याख्या माग गरेको छ ।

माओवादीले स्वायत्त मधेश प्रदेश मात्र हुन सक्ने तर एक मधेश एक प्रदेश हुन नसक्ने प्रष्ट पारेको छ । बैठक पछि मधेशी जनाधिकार फोरमका सह अध्यक्ष जय प्रकाश गुप्ताले आफुहरुले राखेको धेरै विषयमा मौखिक सहमती भएको बताउँदै लिखित प्रतिवद्धता मागिएको बताउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s