दही चोर्न आएको भन्दै कुटपिट गर्दा मृत्यु


छेस्काम – सोलुखुम्बु, साउन ११ (सोलु अनलाइन) – दही चोर्न आएको निहुमा छिमेकीले कुटपिट गर्दा सोलुखुम्बु छेस्कामका चतुरमान कुलुङ्गको ज्यान गएको छ । छेस्काम ५ सोलुखुम्बुका १७ बर्षिय चतुरमान कुलुङ्ग गएको ९ गते साँझ काकाको घरमा गएका र उनलाई काकाले दहि चोर्न आएको भन्दै कुटपिट भएको थियो ।
शुरुमा उनलाई बाँधेर घरमा पु¥याइएको भएपनि मृतक राईका बाबुआमाले बाँधेर कारबाही गर्न भनेपछि छिमेकीहरुले बाँधेर रातभर कुटपिट गरेको बताईएको छ । उनको हिजो बिहान ११ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय सोताङ्गका प्रहरी निरिक्षक छबिरमण भटराईले जानकारी दिनुभयो ।
राईको मृत्यु भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय सोताङ्गबाट प्रहरी निरिक्षक छबिरमण भटराईको नेतृत्वमा गएको प्रहरी टोलीले घटनामा संलग्न दोषीहरुलाई पक्रेको छ ।   लासको मुचुल्का उठाई पोष्टमार्टमका लागी लासको साथमा कुटपिटमा संलग्नहरुलाई सल्लेरी ल्याउँदै गरेको प्रहरी निरिक्षक भटराईले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा मृतकका बाबु रत्नमान् कुलुङ, आमा गोपीमाया कुलुङ्ग र कुटपिटिमा संलग्न छेस्काम ५ का ४२ बर्षिय चौतीराम राई, छेस्काम ४ का २६ बर्षिय मछिन्द्र राई, छेस्काम ४ कै २१ बर्षिय बसन्त राई र छेस्काम ४ का १६ बर्षिय जोङबु धन राई रहेको प्रहरीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s