दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागमा लगातार चार स्वर्ण पदक जित्न सफल तेक्वान्दो खेलाडी दिपक बिष्टलाई बेईजिङ ओलम्पिकमा पारजित गर्ने ईरानी हादी शाहि ईतिहासकै दोस्रो उत्कृष्ठ खेलाडी घोषित भएका छन् । दुई बर्ष अघि बेईङिमा नेपाली तेक्वान्दो स्टार दीपकमाथी हादीले पहिलो चरणको खेल ७-० स्कोरले जितका थिए । दुई पटक ओलम्पिकमा स्वर्ण जितेका हादिलाई तेक्वान्दो ईतिहासकै दोस्रो उत्कृष्ठ खेलाडी घाषित गरिएको ईरानी पत्रिका तेहरान टाईम्सले जनाएको छ । उनले सन् २००४को एथेन्स ओलम्पिक र २००८को बेईजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । त्यस अघि सन् २००२को सिड्नी ओलम्पिकमा उनले कास्य पदक हात पारेका थिए ।
Advertisements