३ दलका ३ नेताका ३ कुरा


साउन १० गते, एकिकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य अग्नि सापकोटाले सत्र गते हुने प्रधानमन्त्रि निर्वाचनमा माओवादीलाई सघाउन एमाले र मदेशवादी दलहरुलाई आग्रह गर्नु भएको छ । राजधानिको जनसंचार अभियानमा आयोजित अन्तरकि्रयामा नेता सापकोटाले वर्तमान अवस्थामा प्रधानमन्त्रिको चुनाव सम्पन्न गर्नु हारजितको कुरा मात्र नभएर राष्टियता बचाउने कुरा प्रमुख रहेकोले मिलेर जान आग्रह गर्नुभएको हो । एमालेले माओवादीको पक्षमा मतदान गरे मधेशवादी मोर्चाले पनि माओवादीको पक्षमा मतदान गर्ने बताउँदै आफ्नै बुद्धि बिवेकले मत हाल्न पार्टीहरुले आँट गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रमा नेकपा एमालेका नेता राजेन्द्र श्रेष्ठले एमालेको उम्मेरदारी फिर्ता भइसकेको अवस्थामा सत्र गतेको निर्वाचनमा दुई तिहाई मत पुराउन सक्ने र एजेण्डमा रहेको मत भिन्नता १७ गते अगडि टुंगो लगाउनेलाई एमालेले समर्थन गर्न सक्ने बताउनुभयो । त्यस्तै मधेसि जनअधिकार फोरमका नेता चन्द्रिका प्रसाद यादवले मधेसी मोर्चाले ल्याएको आधार पत्रमा माओवादी र कांग्रेस दुबै पार्टी संग कुराकानी भएको बताउँदै लिखित प्रतिबद्धता जनाउने पार्टीलाई निर्वाचनमा समर्थन गर्ने स्पष्ट गर्नुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s