नयाँ मौद्रीक नीति आयो


गोपाल नेपाल

श्रावन-१३,काठमाडौँ(सोलुअनलाईन) – नेपाल राष्ट्रवैकले अर्को व्यवस्था नभएसम्म नयाँ बैंक खोल्न नपाईने गरि अन्तरिम मौद्रीक नीति सार्वजनिक गरेको छ । बैंकको संख्यामा वृद्धि भएपनि गुणस्तरमा उल्लेख्य सुधार नदेखिएकोले गुणस्तर उन्नतीका लागि नयाँ बैक खोल्न रोक लगाईएको राष्टबैंकले जनाएको छ । मौद्रीक नीतिले नयाँ बैक खोल्ने सोचमा रहेकालाई निरास बनाए पनि हाउजीङ व्यवसायलाई बैंक कर्जा सहज बनाउने भएको छ । बैकले जग्गा व्यवसायलाई पनि निरुत्साहित गरेको छ । मैद्रीक नीति सार्वजनिक गर्दै राष्ट्रवैकका गर्भरनर युवराज खतिवडाले असल कर्जाको धितोमा उपलव्ध गराउदै आएको पुनकर्जा सात प्रतिसतमा नै दिने बताउनुभयो । राष्ट बैंकले सेयर धितो कर्जाको सीमा बढाउनुका साथै विदेशी मुद्रा सटहीमा पनि सजिलो बनाईएको छ । चालु वर्षको मौद्रीक नीतिले मुल्य वृद्धी नियन्त्रण र उत्पादनमुलक क्षेत्रमा कर्जा बढाई आर्थिक वृद्धीदरलाई माथि उकास्ने लक्ष्य लिएको राष्ट्र बैकका गभर्नर युवराज खतिवडाले वताउनु भयो ।

यसैबीच नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको मौदि्रक नीतिप्रति निजी तथा वित्तीय क्षेत्रका व्यक्तिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरुले गभर्नरलाई दिएको सुझाव अनुरुप मौदि्रक नीति नआएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । संचारकर्मीसँग कुरा गर्दै उनीहरुले मौदि्रक नीतिमा ट्रस्ट रिसिप्ट कर्जाको विद्यमान ९० दिनको अवधिलाई छ महिना बढाउनुपर्ने व्याजदर १० प्रतिशतभन्दा कम गर्नुपर्ने बैङ्कको शाखा कार्यालय खोल्नका लागि बैङ्कसँग अनुमति लिन नपर्ने लगायतका मागलाई मौदि्रक नीतिमा समेट्न नसकिएको गुनासो गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले यो मौदि्रक नीतिले ठूला लगानीकर्तालाई उत्साहित पार्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

बैङ्कस्र एसोसिएसनका अध्यक्ष शशिन जोशीले मौदि्रक नीतिमा ग्रामीण क्षेत्रमा बैङ्क खोल्नका लागि प्रोत्साहनस्वरुप रु. एक करोडसम्मको पैसा सापटी दिने व्यवस्था राम्रो भए पनि बैङ्कको शाखा खोल्नका लागि राष्ट्र बैङ्कबाट अनुमति लिने प्रकिया असहज भएको बताउनुभयो । तर नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.युवराज खतिवडाले भर्खरै आएको मौद्रिक नीति गतिशील भएकाले पूर्ण बजेट आएपछि यसमा केही परिवर्तन गर्न सकिने बताउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s