झरनाको आफ्नै साइट


काठमाडौँ, साउन १४ – कलाकार झरना बज्राचार्यले आफ्नै साइट सुरु गरेकी छिन्। झरनाबज्राचार्य डट कम ठेगाना भएको वेबसाइटमा पाठकले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन्। पूर्व मिस नेपाल बज्राचार्यले आफ्नो साइटमा आध्यात्मलाई जोड दिने बताएकी छन्। साइटमा ‘लिभिङ’ र ‘स्पिरिट’ गरी दुई भाग छन्। ‘लिभिङ’मा झरनाको मोडलिङ, फिल्मी करिअर र जीवन यात्रा बारे उल्लेख छ। ‘स्पिरिट’को भागमा उनका लेख पाठकले पढ्न पाउने छन्। ‘मलाई थाहा छ धेरै मान्छे सोचभित्र आफूलाई गुमाइरहेका हुन्छन्’ वाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन्- ‘धेरै समस्याका मुख्य स्रोत मान्छेकै नकारात्मक स्रोत हुन्।’

२८ वटा नेपाली फिल्म र बलिउडको ‘लभ इन नेपाल’मा अभिनय गरेकी झरनाले विपश्यना ध्यान र त्यसको अनुभव साइटमा लेख्ने बताएकी छन्। फिल्मी क्षेत्रमा काम गरिरहे पनि ६ वर्ष देखि उनी विपश्यना ध्यान गर्दै आएकी छन्। ‘फिल्म र ग्ल्यामर बारे केही नै लेख्दिन भन्ने पनि हैन’,- ‘प्रदर्शनको पर्खाइमा रहेको ‘कोही मेरो’ चलचित्रकी हिरोइनले भनिन्­ ‘आफू जुन अवस्थामा पुग्छु त्यही लेख्छु त्यो ध्यान होस वा फिल्म।’यसअघि कलाकार निखिल उप्रेतीको पनि साइट सञ्चालनमा आइसकेको छ।

Source : Nagarik

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s