चोमोलोङमा प्रतिष्ठान नेपालको पहिलो गीति संग्रह “अंकुरण” को बिमोचन


पेम्बा गेलु शेर्पा/भूपाल राना

साउन १४/काठमाडौँ (सोलु अनलाईन) – चोमोलोङमा प्रतिष्ठान नेपालको पहिलो गीति  संग्रह “अंकुरण” को आज एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा बरिष्ठ संगितकार प्राज्ञ बुलु मुकारुङले उक्त गीति संग्रहको बिमोचन गर्नुभएको थियो । बिशेष गरि साहित्य कला संगीत क्षेत्रमा प्रखर अभिरुचि राख्ने सोलुखुम्बुका स्रष्टाहरुको संस्थाको रुपमा स्थापना भएको चोमोलोङमा राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष पविधन खालिङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ संगीतकार बुलु मुकारुङ रहनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ संगीतकार शान्तिराम राई, सोलुखुम्बु जिल्ला विकास समितिका भु.पु सभापति भुपाल किराँती, जीमि राई उत्थान समाज सोलुखुम्बुका अध्यक्ष यश बहादुर राई लगायतका अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । “साहित्य संगीत र कलाका निम्ति हाम्रो अभियान” भन्ने मूल नारा तय गर्दै २०६४ सालमा स्थापित चोमुलुङमा प्रतिष्ठानले स्थापनाकाल देखी नै साहित्य, संगीत र कलाका क्षेत्रमा विविध रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ भने पहिलो पल्ट सोलुखुम्बुका नयाँ तथा पुराना संगीतकर्मीहरुको कला प्रस्तुतिलाई एकतृत गर्दै नेपाली संगीत क्षेत्रमा संस्थाको प्रथम कोसेलीको रुपमा गीति एल्बम अंकुरन बजारमा ल्याएको उक्त संस्थाका अध्यक्ष पविधन खालिङले बताउनुभएको छ ।

उक्त गीति संग्रहको समग्रमा टिप्पणी गर्दै बरिष्ठ संगीतकार शान्तिराम राईले नेपाली सांगीतिक क्षेत्रमा नयाँ उदाएका पूर्ण राई तथा संगितकार पविधन खालिङ्ग राईको खुलेर प्रशंसा गरे भने गिती संग्रहका अन्य रचनाकार संगीतकार तथा गायककारहरुको पनि प्रशंसा गर्न छुटाएनन् । गितीसंग्रहमा समेटिएका गितहरु अत्यन्तै सुमधुर रहेको टिप्पणी गर्दै अझ कलाकारहरुले धेरै सिक्न बाँकी रहेको पनि उहाँले कार्यक्रममा बताउनुभयो ।

यसै कार्यक्रम मार्फत यस बर्ष देखि चोमोलुङमा प्रतिष्ठानले स्थानीय र राष्ट्रिय “चोमोलुङमा सम्मान” प्रदान गर्ने भएको छ र जस अन्तर्गत स्थानीय अथवा सोलुखुम्बु जिल्लाबाट साहित्य तर्फ साहित्यकार डि. वि. किराँती तथा राष्ट्रिय सम्मान अन्तर्गत वरिष्ठ संगीतकार दिपक थापालाई प्रदान गर्ने घोषणा जीमि राई उत्थान समाज केन्द्रीय कमिटी काठमण्डौका महासचिव केशर बहादुर राईले गर्नुभयो । बिमोचित गीतिसंग्रहमा देउराली डाँडा, सोलु राम्रो छ, नौ डाँडा पारी जस्ता दर्जनौ गितहरु समावेश रहेका छन भने गायक पुर्ण राई छोङबा शेर्पा, यादव खालिङ,जेनी खालिङ, टिका राई लगायतको स्वर तथा जसिहाङ राई, पविधन खालिङ, इश्वर अमात्य आदिको संगीत रहेको उक्त गीति संग्रहमा गितकार टिका चाम्लिङ अर्जुन खालिङ, कृष्ण अविरल आदिको रचना रहेको छ ।

Photo: Binod Rana

Advertisements

One thought on “चोमोलोङमा प्रतिष्ठान नेपालको पहिलो गीति संग्रह “अंकुरण” को बिमोचन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s