ज्वाइँले छोरी मारेको आरोप


image


सप्तरी,  १५ साउन : मोटरसाइकल दाइजो नपाएको झोँकमा ज्वाइँले छोरी मारेको माइती पक्षले आरोप लगाएका छन् । मलेठ-८ सप्तरीका हेमनारायण यादवले १८ वषर्ीया पत्नी काजलदेवीको झुन्ड्याएर हत्या गरेको मृतकका माइती पक्षले आरोप लगाएका हुन् । काजलदेवी बिहीबार साँझ घरमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । पकरी-१ निवासी मृतकका बाबु हरिश्चन्द्र यादवले छोरीको हत्या भएको भन्दै ज्वाइँ हेमनारायण र ससुरा सकलदेवसहित पाँचजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी दर्ता नगरेको हरिश्चन्द्रले आरोप लगाए । हेमनारायण र काजलदेवीबीच गत वर्षको वैशाखमा सामाजिक परम्पराअनुसार बिहे भएको थियो । बिहेपछि मोटरसाइकल दाइजो नल्याएको भन्दै ज्वाइँ र ससुराले छोरीलाई यातना दिने गरेको मृतकका बुबा हरिश्चन्द्रले दाबी गरे । ‘बिहे भएको केही समयपछि दाइजोमा मोटरसाइकलनल्याएको भन्दै ज्वाइँ हेमनारायण र ससुरा सकलदेवले छोरीलाई पटक-पटक यातना दिँदै आएका थिए,’ उनले शुक्रबार सञ्चारकर्मीसँग भने, ‘त्यसकै झोँकमा हिजो -बिहीबार) मेरी छोरीलाई झुन्ड्याएर मारे ।’ मृतकका श्रीमान् हेमनारायणले भने प्रहरीसँगको बयानमा काजलदेवीले आफैँ पासो लगाएर आत्महत्या गरेको बताएका छन् । प्रहरीले भने काजलको मृत्युबारे छानबिन भइरहेको जनाएको छ । घटनास्थलमा घाँटीमा पासो लगाएको अवस्थामा काजलदेवी मृत भेटिएको उल्लेख गर्दै सप्तरी प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक भुवनेश्वर साहले थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार मृतकका श्रीमान् हरिनारायण र ससुरा सकलदेवसँग सोधपुछ जारी रहेको छ । घटनाको प्रकृतिबारे पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने उनले बताए । मृतकका माइती पक्षले भने बिहीबार साँझ पक्राउ गरिएका मृतकका श्रीमान् र ससुरालाई जिल्ला प्रहरीले विनाकारबाही छाडेको आरोप लगाएका छन् । उनीहरूले रकम लिएर उनीहरूलाई छाडिएको आरोपसमेत लगाएका छन् । हरिश्चन्द्रले भने, ‘काजलको हत्या गर्ने अपराधीलाई कारबाही गर्नु सट्टा प्रहरीले संरक्षण दिने नियतलेछाडेको छ ।’ काजलको शव पोस्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म पोस्टमार्टम हुन नदिने भन्दै मृतकका माइती पक्षले पोस्टमार्टम गर्न दिएका छैनन्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s