प्रधानमन्त्रीलाई नेपाल घुमाउँछुः बेलायती रक्षामन्त्री


लन्डन , श्रावण १५ – बेलायती रक्षामन्त्री एन्ड्रयु रोवाथनले आफ्ना प्रधानमन्त्रीलाई छिट्टै नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यतिखेर बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित विभिन्न मन्त्री र उद्योगी सम्मिलित जम्बो टोली छिमेकी मुलुक भारत भ्रमणमा छ । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेसँगको भेटमा रक्षामन्त्री रोवाथनले यस्तो बताएका हुन् । रक्षा मन्त्रालय, ह्वाइटहलमा भएको भेटमा नेपाली राजदूत चालिसेले सन् १८१६ मा बेलायत-नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएयता एउटै बेलायती प्रधानमन्त्री नेपाल नगएको उल्लेख गरेका थिए । प्रतिउत्तरमा बेलायती रक्षामन्त्रीले अचम्म मानेको उद्धृत गर्दै चालिसेले भने, ‘हामी हाम्रा प्रधानमन्त्रीको छिट्टै नेपाल भ्रमण गराउन पहल गर्नेछौं भनेका छन् । रक्षामन्त्री आफूले पनि छिट्टै नेपाल आएर गोर्खा भर्ती केन्द्रहरूको भ्रमण गर्ने इच्छा व्यक्त गरे ।’

source: kantipur.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s