सहमति भएको १२ घण्टा नबित्दै फेरि फोहर फाल्न अवरोध


अर्जुन सुवेदी, काठमाडौँ, भदौ १५- झण्डै एक सातादेखि काठमाडौँको फोहर फाल्न स्थानीयवासीले गरेको अवरोध हटाउने सहमति भएको १२ घण्टा पनि नबित्दै पुनः अवरोध सुरु भएको छ। फोहर लिएर ल्यान्डफिल साइट ओखरपौवातिर लागेका १५ वटा ट्रकलाई रात्माटेबाट फर्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। Continue reading

Advertisements

फोहर बिर्सनमा पुनः अवरोध


१५ भाद्र, काठमाडौं । सहमति भएको चौबिस घण्टा पनि बित्न नपाउँदै नुवाकोटको ओखरपौवा ल्यान्डफिल साइटका बासिन्दाको अर्को समूहले पुनः अवरोध पुर्‍याएको छ । मंगलबार विहान फोहर बोकेर सिसडोल गएका १७ वटा गाडीलाई स्थानीयबासीको अर्को समूहले बीचबाटोमै रोकेको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । Continue reading

घुस लिंदालिदैं एमाले सभासद कार्की पक्राउ


सरोजराज अधिकारी/प्रतिमा बास्कोटा/काठमाडौ, भाद्र १५ – नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) पदमा जागिर लगाइदिने भन्दै रकम असुलिरहेका एमाले सभासद डोलबहादुर (डिबी) कार्की पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको विशेष टोलीले एक लाख रुपैंया घुस लिदै गर्दा कार्की र उनका सहयोगी ‘स्वामी एक हजार आठ’ ब्रहमानन्द उदासिनलाई भिमसेनगोलास्थित डेराबाट सोमबार साँझ सप्रमाण पक्राउ गरेको हो । Continue reading

भारतीय दुतावासलाई कारबाही गर्न सरकारलाई निर्देशन


काठमाडौं,  – डाबर नेपालका उत्पादन गुणस्तरीयताबारे संचारमाध्यममा आएका समाचारप्रति भारतीय दुतावासको प्रतिक्रियालाई संसद्को अन्तराष्ट्रिय सम्वन्ध र मानवअधिकार समितिले संचार स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको ठहरसहित दुतावासलाई तत्काल कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । भारतीय दुतावासबाट संचार स्वतन्तत्रामाथि हस्तक्षेप गरी प्रतिक्रिया आएकाले त्यसबारे स्पष्टीकरण लिन र कारवाही प्रक्रिया अघि बढाउन सरकार एक मिनेट पनि चुप लागेर बस्न नहुने समितिको निष्कर्ष छ । Continue reading

स्लोभाकियामा छ को हत्या


गोपाल नेपाल, काठमाडौं/ स्लोभाकियाको राजधानी ब्राटिसलाभाको एक सडकमा बन्दुकधारीले गोली हानि छ जना हत्या गरेको छ । Continue reading

एस. एस. वी. को ज्यादती उत्कर्षमा


गोपाल नेपाल, काठमाडौं/ भारतीय सीमा शुरक्षा बल एस.एस.बी.ले नेपालको पश्चिमि सीमा क्षेत्र वनवासामा ४ विद्याथीैहरुलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भन्दै स्थानिय बासिन्दाले तीन घण्टा नेपाल भारत सीमाक्षेत्रमा बन्द गरेका छन् । Continue reading

सुदलाइ फिर्ता बोलाउ


गोपाल नेपाल, काठमाडौं/ प्रगतिशील रुपान्तरण अभियानलॆ भारतीय राजदुत राकेश सुद लाई फिर्ता बोलाउन भारत सरकारसँग आग्रह गरेको छ । Continue reading