झाडापखला अझै नियन्त्रणबाहिर/एकैदिन १३३ बिरामी थपिए


नेपालगन्ज, श्रावण १६ –  प्रकोपको कारण पत्ता लगाउन नसक्दा चार दिनदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आएको छैन । शनिवार एक जनाको मृत्यु भएपछि झाडापखालाबाट मर्नेको संख्या ५ पुगेको छ । आइतवार पनि झाडापखालाका बिरामी अस्पताल आउने क्रम रोकिएको छैन । बिहान मात्र भेरी अस्पताल र शिक्षण अस्पतालमा थप २७ बिरामी अस्पताल आएका छन् । शनिवार एकै दिन  १ सय ३३ बिरामीहरु अस्पताल भर्ना भएका छन् । नगरसंग जोडिएको बेलभार-४ का ६० बर्षीय राममिलन यादवको शिक्षण अस्पतालमा मृत्यु भएको हो । शनिवार भेरी अन्चल अस्पतालमा ८७ र शिक्षण अस्पतालमा ४६ नयाँ बिरामी आएको जनस्वास्थ्य कार्यालयका रोग नियन्त्रण संयोजक रामबहादुर चन्दले बताए । उनका अनुसार, नेपालगन्जका अस्पतालहरुमा एक सय ५० बिरामीको उपचार भइरहेको छ । झाडापखालाको कारण नखुलेकाले नियन्त्रणमा कठिनाई भएको जनस्वास्थ्य स्रोतले बताएको छ । शिक्षण अस्पतालमा प्रारम्भीक परिक्षणमा चार जनामा हैजा देखिएपछि प्रकोप फैलिएका बस्तीमा त्रास फैलिएको छ । हैजा परिक्षणका लागि काठमाण्डौ पठाइएको दिसाको नमुनाको नतिजा आइतवार आउने शिक्ष्ाण अस्पतालका डा मधु अर्यालले बताए । स्वास्थ्य विभाग ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका डा. प्रमोद खनालले पनि हैजा भए/नभएको आइतवार पुष्टि हुने बताएका छन् । जनस्वास्थ्यले पखाला प्रभावित बस्तीहरुमा पानी शुद्ध गर्न वाटरगार्ड र पिउष वितरण सुरु गरेको छ । महिला स्वास्थ्य स्वयम्सेविकाको भेला गरि पिउष वितरणका लागि पठाइएको छ । नगरका डुबानग्रस्त र झाडापखला फैलिएका बस्तीमा महिला स्वयम्सेविकाहरुले पानी सुद्धिकरणका उपायबारे जनचेतना फैलाउन सुरु गरेका छन् । जनस्वास्थ्यले शनिवार १० हजार पिउष र वाटरगार्ड वितरण गरिएको रोग नियन्त्रण संयोजक चन्दले बताए । क्षमताभन्दा बढी बिरामीको उपचार भइरहेकाले अस्पतालहरु अस्तव्यस्त छन् । अस्पतालहरुमा शैचालय फोहर भएको र पर्याप्त पिउने पानीको व्यवस्था नभएको बिरामी कुरुवाहरुले गुनासो गरेका छन् । बिरामीका कुरुवाहरुलाई पनि झाडापखला सर्न थालेको छ ।       भाइलाई उपचार गराउन आएका घरबारीटोलका तिलक खड्का आफै बिरामी परेको बताए । ‘भाई सन्चो भएर फर्कियो । म बिरामी परें’-उनले भने । भेरी अस्पतालका प्रमुख डा बिमल ढकालले धेरै बिरामी भएकाले व्यवस्थापन र उपचारमा कठिनाई भए पनि सरसफाई र पर्याप्त पानीको व्यवस्था गर्ने बताए । ‘क्षमताभन्दा धेरै बिरामी भएकाले पक्कै अप्ठ्यारो छ’-उनले कान्तिपुरसित भने,-सकेसम्म राम्रो गर्ने कोशिस गरेका छौ । अस्पतालमा जनशक्ति कमी भएपछि जनस्वास्थ्य, नर्सिङ कलेजबाट स्वास्थ्यकर्मी ल्याएको उनले बताए । झाडापखला नियन्त्रण र उपचार व्यवस्थापन गर्न क्षेत्रीय स्वास्थ्य निर्देशनलायका निर्देशक मोहम्मद दाउदसहितको टोली पनि नेपालगन्जमा सक्रिय छ ।

source; kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s