धर्म पिक शेर्पा कम्युनिटिको प्रथम साधारण सभाको अवसरमा भब्य कर्यक्रम हुने


काठमाण्डौ, श्रावण १६, सोलुखुम्बु जिल्लाको कुरिमा धर्म पिक आसपासको गाँउहरुबाट काठमाण्डौमा आई बसोबास गर्नुहुने जुझारु शेर्पा युवाहरुद्वारा एक बर्ष अघि मात्र बिधिवत रुपमा दर्ता भै सक्रियरुपमा बिभिन्न उद्देस्यहरुको साथ अघि बढि रहेको “धर्म पिक शेर्पा कम्युनिटी” नामक गैर सरकारी साँस्थाले साँस्था स्थापनाको प्रथम बार्षिक साधारण सभा भब्य रुपमा गर्ने समाचार छ। स्थापनाको छोटो अवधिमानै बिभिन्न सामाजिक कार्यहरु गर्दै आएक् यस साँस्थाले पर्यटकिय द्रिष्टिले अति रमणिय ‘धर्म पिक’ लाई सन २०११ मा हुने नेपाल पर्यटन बर्षको अवसरमा समग्र त्यस सम्भब्य पर्यटक क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा समेत गराउनको लागी समेत गर्न दवाव दिने उदेश्यले समेत यो कार्यक्रम् हुन लागेको हो। बिस्वको सवोच्च शिखर सगरमाथा लगायत आठ हजार मिटरको उचाँई भन्दा माथिको चारवटा प्रमुख हिम श्रिङखलाहरुको द्रिश्यावलोकन गर्न सकिने ‘धर्मा पिक’ आसपास बिभिन्न प्रकारको महत्वपुर्न हिमाली जडीबुटिहरु पाईने हुनाले र त्यस क्षेत्रमा एक हप्ता देखि एक महिना सम्माको पाँच भन्दा बढि आकर्षक सफल बैकल्पिक पदयात्रा पदमार्गहरु बनाउन सकिन्छ। सोलुखुम्बु जिल्लाको फाप्लु,काँगेल,लुक्-ल्हा,खोटाङ जिल्लाको लामीडाँडा र संखुवासभा जिल्लाको तुम्लिङटार बिमानस्थल लाई पदयात्राको शुरु तथा अन्तिम गन्तब्यको रुपमा प्रयोग गरि माथी उल्लेखित बिभिन्न रुट हरु बनाउन सकिने प्रचुर सम्भावनाहरु रहेको कारणले पनि यो क्षेत्र निश्चित रुपमा पर्यटन गन्तब्यको एक बिल्कुलै नयाँ र आकर्षक  पर्यटकिय क्षेत्र बन्ने सम्भावना भएकोकारणले पनि यो कार्यक्रम गर्न लागेको हो। प्रया जसो समुद्रा सतहबाट नेपाल भित्रिने पर्यटकहरु काँगेल,लामीडाँडा जस्तो १००० मिटर भन्दा कम उचाँको बिमानस्थलबाट पदयात्रा शुरु गरेमा सजिलै सँग बिभिन्न उच्च पास हरु सजिलै पास गर्न सकिने र साना देखि ठुलो शिखरहरु समेत सजिलै सफल आरोहण गर्न सकिने भएकोले पनि पर्यटकहरुलाई यो क्षेत्र उपायोगी सिद्द् हुन सक्ने छ। यसरी पदयात्र गर्नले पर्यटकहरुलाई हुने “हाई एल्टिच्युड् सिक्नेस” हुने जोखिम बिल्कुल नहुने मात्र नभएर तल्लो भेगबाट बिभिन्न जातजातीको बसाई रहनसहन,चाड पर्व रितीरिवजहरुलो को समेत प्रत्यक्ष अवलोकन गर्न सकिने कुरा साँस्थाको अध्यक्ष छिरिङ तेन्जिङ शेर्पाले बताउनु भयो।
वरिष्ट शेर्पा समाजसेवी तथा ने काँ सभासद श्री जिप छिरिङ लामाको प्रमुख अतिथ्याई तथा सफल उद्दोगि ब्यवसयी “भाटभटेनी सुपर मार्केट” का संचालक श्री मिन बहादुर गुरुङज्युको बिषेश अतिथिमा यो कार्यक्रम शुरु हुँदै छ भने बिभिन्न संघ साँस्थाको प्रतिनिधिहरुलाई पनि अतिथिको रुपमा आमण्त्रण गरिएक् छ।
हिमालयन शेर्पा साँस्क्रितिक केन्द्रले यस अवसरमा बिभिन्न कारयक्रमहरु प्रस्तुत गरिने छ भने शेर्पाहरुको चहाना र स्वाद अनुसारको आफ्नै शेर्पा भान्सेहरुद्वारा तयर पारिएको कोकटेल डिनरको पनि ब्यवस्था गरिने भएको छ। कार्यक्रममा सके सम्म बढि भन्दा बढि मानिसहरु सहाभागी गराउने उद्देस्यले आयोजकहरु आ-आफ्नो क्षेत्रबाट ब्यापक रुपमा लागी परेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s