तेस्रो पटक पनि नो निउ पि एम


नयाँ प्रधानमन्त्री छान्नका लागि व्यवस्थापिका संसदमा भएको तेस्रो निर्वाचनमा पनि दुबै उमेदवारले स्पष्ट वहुमत हाँसिल गर्न नसकेपछि फेरी पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन सकेन । व्यवस्थापिका सदनमा तेस्रो पटक भएको निर्वाचन पनि नयाँ प्रधानमन्त्री छान्न असफल भएको छ । हिजो दिउँसो ४ बजे हुने भनिएको निर्वाचन साडँे आठ बजे पछि मात्र सुरु भएको थियो । हिजोको निर्वाचनमा पनि तेस्रो ठुलो दल एमाले मधेशी मोर्चा र अधिकांस साना दल तटस्थ बसेपछि दुबै उमेदवारले सामान्य बहुमत प्राप्त गर्न असमर्थ हुनु भएको हो । हिजो उपस्थित ५ सय ८१ जना सभासद मध्ये माओवादी अध्यक्ष प्रचण्डको पक्षमा २ सय ५९ जनाले मतदान गर्नुभएको थियो । उहाँको विपक्षमा १ सय १४ जनाले मतदान गर्नुभएको थियो भने २ सय ८ जना सभासद तटस्थ बस्नुभएको थियो ।

अर्का उमेदवार नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको पक्षमा भएको मतदानमा उपस्थित ५ सय ५६ जना सभासद मध्ये जम्म्ाा १ सय २४ जनाले उहाँको पक्षमा मतदान गर्नु भएको थियो । उहाँको विपक्षमा २ सय ४६ मत परेको थियो भने तटस्थ १ सय ८६ मत परेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s