गाविस सचिवको घरमा बम विष्फोट/तीन घाइते


रौतहट, श्रावण २० – अज्ञात समूहले बुधबार राति रौतहटको सदरमुकाम गौरस्थित गाबिसका एक सचिबको घरमा बम बिस्फोट गराएको छ । बिस्फोटमा परी दुई नाबालीका सहित ३ जना घाइते भएका छन । सदरमुकाम गौर-३ सचिब राधाकृष्ण मिश्रको घरमा सकेट बम बिस्फोट गराइएको हो । बिस्फोटमा परी सचिब मिश्रका श्रीमती रुबी मिश्र, नाबालीका छोरी स्तुति मिश्र र मुर्ति मिश्र घाइते भएको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए । पतौरा गाबिसका सचिब मिश्रको घरमा राती साढे ९ बजे मोटरसाईकलमा आएका अज्ञात समूहले बम फालेर भागेको थियो । घाइते तिनै जनाको गौर अस्पतालमा उपचार पछि घर फर्किएका छन । मागे बमोजिमको चन्दा नदिएकाले भुमिगत सँगठनको मानिसले सचिब मिश्रको घरमा बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । घट्नामा सलग्नको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s