गुदेलमा क्लव


सामाजिक विकासमा सघाउ पु¥याउने उद्देश्यले गुदेलमा नवयुवा एकता समाजको गठन गरिएको छ । साँस्कृतिक र खेलकुद क्षेत्रको विकासका साथमा गाउँ टोल सरसफाई, प्राकृतिक प्रकोपमा परेका पीडितहरुलाई सहयोग गर्ने, हरेक कार्यक्रमहरुमा महिलालाई अग्रसर गराउने र उनीहरुप्रति हुने हिंसा, शोषण, दमन विरुद्ध आवाज उठाउन लगायतका विविध उद्देश्यले समाजले लिएको गुदेलवाट सुवास राईले जाकारी दिनुभयो ।
सरस्वती क्ुलुङको अध्यक्षतामा गठन भएको क्लबको सल्लाहकार समितिमा लालमान कुलुङ, नारदमणी कुलुङ, टीकामाया कुलुङ, रमीता कुलुङ र नीरकाजी कुलुङ रहनु भएको छ । क्लवको उपाध्यक्षमा उपाध्यक्षमा आङबहादुर कुलुङ, सहसचिवमा दीपेन्द्र कुलुङ र कोषाध्यक्षमा रबिना कुलुङलाई चयन गरिएको छ ।

गुदेलमा सरसफाई
गुदेल गा.वि.स वडा न. १ देखि वडा नं ५ सम्मको बाटो मर्मत तथा सरसफाई कार्य सम्पन्न भएको छ । गुदेल ४ र ५ वाफुदोका समाज सुधार सामुदायिक संस्थाले हरेप्खाईदेखि गुदेल मा.वि सम्मका बाटो मर्मत तथा सरसफाई गरेको हो ।
त्यसैगरि गुदेल ५ फुस्लाका फुलबारी सामुदायिक संस्थाले चाप्सोङ्लादेखि साम्हुस्को सम्मको बाटो मर्मत तथा सरसफाई सम्पन्न गरेको छ । गुदेल ४ साम्फोदोका साम्फोदो सामुदायिक संस्थाले पनि आशिकराम कुलुङ्गको घरदेखि रान्तेदोसम्मको बाटो मर्मत तथा सरसफाई गरेको छ । खिम्पैचो टोलको नवयुवा एकता समाजले पनि कोथादेखि गुदेल मा.वि हुदे आशिकराम कुलुङ्गको घरसम्मको बाटो मर्मत तथा सरसफाई गरेको छ ।
गुदेल १ साद्धिको नवप्रभात साँस्कृतिक परिवार गुदेल २ तुमाउका रङ्क उत्थान महिला विकास र साउने चुचुमा सामुदायिक संस्थाले पनि आ–आफ्नो क्षेत्रमा बाटो मर्मत तथा सरसफाई गरेका छन् ।
सबै संघ संस्थाले आ–आफ्नो क्षेत्रमा बाटो मर्मत सरसफाई गरेपछि स्थानिय बासिन्दाहरुलाई बाटोमा आवतजावत गर्न एकदमै सजिलो भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । स्थानीयबासीहरुले नियमित रुपमा यस प्रकार कार्यहरुलाई जारी राख्ने समेत बताएको गुदेलवाट सुवास राईले जानकारी दिनुभएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s