एकिकृत नेकपा माओवादीले आफ्नो रिक्त रहेको २ सभासदको पदपुर्तिका लागि आज नाम सिफारिस गरेको छ । हिजो सर्बोच्च अदालतले नेकपा माओवादी नामका पार्टि अस्तीत्वमा नरहेकाले उनिहरुको पद यथावत रहन नसक्ने फैसला गरेको थियो । सर्बोच्चको फैसला संगै रिक्त पदमा पुर्ति गर्न बाटो खुलेको माओवादीले सिराहा र धनुषका २ जनालाई सभासद बनाउन निर्वाचन आयोगमा सिफािरस गरेको हो ।
यस अघि समानुपातिकका लागि मनोनयको सुचिमा परेका मध्यवाट माओवादीले सिराहाका राम कुमार पासवान र धनुषाका फर्मुद नदाफ लाई सिफारिस गरेको छ । निर्वाचन आयोगले उनिहरुलाई पदपुर्ति गरिएको पत्र संविधानसभा सचिवालयलाई पठाएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सपट ग्रहण गराउनु हुनेछ । यस अघि २३७ मत रहेको माओवादीमा भोलि उनिहरुको सफत ग्रहण कार्यक्रम भए २ सय ३९ मत हुनेछ ।
Advertisements