युवा अपहरणको आशंकामा बलम्बु प्रहरी चौकी घेराऊ


काठमाडौं, – अज्ञात समूहले एक स्थानिय युवालाई अपहरण गरेको आंशकामा कारवाहीका माग गर्दै बलम्बु  प्रहरी चौकी घेराउ गरेका छन् । चौकी घेराउ गर्नेक्रममा कंलकीबाट उपत्यका बाहिर र उपत्यका बाहिरबाट राजधानी आउन सडक एक घन्टादेखि ठप्प छ । मुख्य मार्ग ठप्प हुदा कलंकी र चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । थानकोट सुरक्षा चौकीका प्रहरी निरीक्षकका अनुसार अपहरण गर्न लागिएका व्याक्ति बलम्बु ३ बस्ने २५ वर्षिय बुद्ध श्रेष्ठ हुन । कुलतमा लागेका श्रेष्ठलाई साथी र आफन्तले ट्याक्सीमा राखी सुधार गृह लैजानेक्रममा कसैले अपहरण गरेको हुनसक्ने बताउँदै बुद्धका साथी र स्थानिय बासिन्दाले बलम्बु चौकी घेराउ गरेकाछन । प्रहरीले एक घन्टादेखि नै घटनाबारे स्थानिय बासिन्दालाई मनाउने प्रयास गरेको छ । तर स्थानियवासी घटनामा प्रहरीको नै मिलोमतो रहेको आरोप लगाउँदै नारावाजी गरिरहेका छन । महानगरीय आयुक्तको कार्यालयले स्थानिय प्रहरीलाई सम्झाउँदा बुझाउँदा नमाने तत्काल बल प्रयोग गरेर बाटो खोल्न निर्देशन दिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s