वन विभागका महानिर्देशक जगेडामा


काठमाडौं, श्रावण २५ – वन फँडानीमा संलग्नताको आरोप लागेका वन विभागका महानिर्देशक माधवप्रसाद आचार्यलाई सरकाले अतिरिक्त समूहमा राखेको छ । उनलाई सामान्य प्रशासन मन्त्रालयको जगेडा समूहमा पठाएको हो । वन मन्त्रालयले वन फँडानी र वन्यजन्तुको चोरी सिकारीको छानबिन गरी दोषी कर्मचारी, उपभोक्ता समूह, तस्करमाथि कारबाही गर्न न्यायिक आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएकै भोलिपल्ट आचार्यलाई महानिर्देशकबाट हटाएको हो । उनको ठाउँमा कसैलाई पनि जिम्मेवारी दिइसकिएको छैन । प्राकृतिक स्रोत साधन समितिले पनि वन फँडानीमा महानिर्देशक आचार्यका साथै मन्त्रालयहरुका डीएफओ र मन्त्रालयका कर्मचारीको संलग्नता भएको भन्दै कारबाहीका लागि पटकपटक वनमन्त्री तथा सचिव युवराज भुसाललाई निर्देशन दिएको थियो । वनमन्त्री बोहराले गत कात्तिकमा वन विभागका तत्कालीन महानिर्देशक कृष्णचन्द्र पौडेललाई हटाई उनको ठाउँमा जिल्लामा डीएफओ छँदा आर्थिक विवादमा पर्दै आएका आचार्यलाई ल्याएका थिए । आचार्य काठमाडौं जिल्लामा डीएफओ छँदा रक्तचन्दन काण्डमा समेत मुछिएका थिए ।  आचार्यलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको र मन्त्रिस्तरीय निर्णयबाट जाँचबुझ आयोय ऐनअनुसार वन फँडानीमा संलग्न राष्ट्रसेवकलाई मात्र होइन तस्कर, मुन्द्रे, उपभोक्ता समूह जोसुकैलाई कारबाही गर्न आयोग गठनको सिफारिस गरिएको जानकारी वन सचिव युवराज भुसालले दिए । संसद्भित्र प्राकृतिक स्रोत तथा साधन समितिले स्थलगत अध्ययन गरी केही महिनायता भएको वन विनाशबाट १५ देखि २० अर्ब रुपैयाँको क्षति भइसकेको उल्लेख गर्दै दोषी वन कर्मचारीसहित सबैमाथि कारबाही गर्न न्यायिक आयोग गठन सरकारलाई निर्देशन दिएको थियो । सचिव भुसालका अनुसार, प्राकृतिक स्रोत साधन समितिको निर्देशनमा आयोग गठनको सिफारिस गरिएको हो ।

मन्त्रालयले वन फँडानी एवं वन्यजन्तु विनाश रोकथाम तथा नियन्त्रण उच्चस्तरीय छानबिन समितिले अध्ययन थालेको भोलिपल्टै आचार्यलाई सरुवा गरिएको हो । आचार्यले महानिर्देशक नियुक्त भएलगत्तै घना जंगल भएका जिल्ला कैलाली, बारा, सिन्धुली, बाँके, मकवानपुर, नवलपरासी, सर्लाही र झापा र डडेलधुरामा वन फँडानीमा मुछिएका विवादित वन अधिकृत (डीएफओ) लाई छानेर पठाएका थिए । आचार्यले उनीहरूको सरुवामा आर्थिक फाइदा लिएको र ती जिल्लामा वन फँडानी भएको व्यापक आवाज उठ्दासमेत डीएफओहरूलाई संरक्षण गरेको निष्कर्ष प्राकृतिक स्रोत तथा साधन समितिको छ । राष्ट्रिय सतर्कता केन्द्रले समेत आचार्यले वन फँडानीमा संलग्न डीएफओहरूलाई कारबाही गर्नुको साटो बचाउ गरेको भन्दै उनीमाथि लिखित स्पष्टीकरण लिएको थियो ।

source; kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s