कांग्रेसले उम्मेदवारी फिर्ता लिए हामी पनि लिन्छौं: माओवादी


२७ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रत्यासीबाट उम्मेद्वारी फिर्ता लिए आफूले पनि फिर्ता लिने शर्त अघि सारेको छ । सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहीबार नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार गठनका लागि उम्मेदवारी फिर्ता लिन गरेको आग्रहमा माओवादीले यस्तो जवाफ दिएको हो । कांग्रेसलाई उम्मेदवारी फिर्ता गराउनका लागि पहल थाल्न माओवादीले एमालेलाई सुझाएको छ ।

आफूहरुको विहीबार बसेको केन्द्रीय समितिको बैठकले समेत राष्ट्रिय सहमति कायम हुने सुनिश्चित आधार तय भए प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी माओवादीले एमालेलाई गराएको थियो । एमालेले नेपाली कांग्रेसलाई पनि उम्मेदवारी फिर्ताका लागि आग्रह गर्ने जानकारी माओवादीलाई गराएको थियो । अन्य दलहरुसँग पनि उम्मेद्वारी फिर्ताका लागि आफूहरुले थालेको अभियानमा सघाउन औपचारकि वार्ता थाल्ने भन्दै सहमतिका लागि आफूहरुले अघि सारेको राष्ट्रिय सहमतिको प्रस्ताव कार्यान्वयन गर्न माओवादीसँग आग्रह गरेको छ ।

एमाले केन्द्रीय कमिटीको बुधबारको बैठकले सहमतिका लागि हदैसम्मको प्रयत्न गर्ने निर्णयबमोजिम एमालेले संविधानसभाका दलहरुसँग छलफल प्रारम्भ गरेको हो । छलफलमा एमालेले बुधबारको केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय सहमतिका लागि अघि सारेको ८ बुंदै प्रस्ताव माओवादी समक्ष पेश गरेको थियो । एमालेले पनि राष्ट्रिय सहमतिका लागि भन्दै यसअघिका चार पटकको निर्वाचनमा तटस्थ बसेको थियो भने भदौ २ गते पनि बहुमती प्रक्रियाबाट नै निर्वाचन अघि बढे तटस्थ नै बस्ने निर्णय गरेको छ ।

Source: Online khabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s