अब अश्लील साइट बन्द


योगेश खतिवडा/काठमाडौँ – इन्टरनेटको अश्लील साइटमा रमाउने संख्या अस्वाभाविक रुपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो । अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसंचार नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट ‘ब्लक’ गर्ने तयारी गरेको हो ।

मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्वस्था लागू हुनेछ । टेलिकमले एडीएसएल र जीपीआरएस तथा एनसेलले सेवा दिदै आएका छन् । यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले अश्लील साइटमाथिको पँहुच अवरुद्ध गर्नुपर्ने छ । आईएसपी कम्पनीको नियमन गर्ने प्राधिकरण आँउदो साता यस्ता साइट बन्द गर्न निर्देशन दिने तयारीमा छ । ‘हामि छिट्टै यसबारे निर्णय गरेर आईएसपी कम्पनीलाई निर्देशन दिदै छौ,’ प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने,’बिद्धुतीय कारोबार ऐनले यस्ता साइट चलाउन नपाउने व्वस्था गरेको छ।’

यस्ता साइट खुला रुपमा साइबर क्याफे र घर-घरमा प्रयोग भएको अवस्थामा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको उनले बताए।आईएसपीलाई लाइसेन्स जारि गर्दा अश्लील वेबसाइट बन्द गर्नुपर्ने सर्त भने छैन। अब लाइसेन्स दिंदा सर्त परिमार्जन गर्ने प्राधिकरणले तयारी गरेको छ। ‘विद्धुतिया कारोबार ऐनअन्तर्गत रहेर लाइसेन्समा अश्लील साइट भित्रयाउन नपाउने सर्त थप्न लागेका हौँ,’ न्यौपानेले भने ।

यसका  लागि एक महिना अघि सुरु भएको प्रक्रियामा बुधबार गृह मन्त्रालय, प्राधिकरण, विज्ञान तथा प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच सहमति भएको छ। छलफलमा सहभागी प्रहरी प्रधान कार्यालय आइटी प्रमुख एसएसपी महेश सिंह कठायतले सबै सहमत भएकोले अब नियामनकारी निकाय प्राधिकरणको नेर्देशनपछि यस्ता साइट बन्द हुने बताए।

Advertisements

One thought on “अब अश्लील साइट बन्द

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s