भ्रष्ट मन्त्रिबाट प्राकृतिक स्रोतको दोहन


सोनाम शेर्पा, काठमाडौँ – हिजोका दिनमा कहाली लाग्दो बिगत भोगेकाहरु सत्ता र शक्तिको दुरुपयोग गर्दै राज्यको प्राकृतिक स्रोत र साधनको दोहन गर्दै आफुलाई नेपाली जनाताको सेवक भन्नेहरु अत्यन्त बिलासी जीवन ब्यतित गरी रहेका छन जसमा पञ्चायत कालमा पर्यटन मन्त्री हुँदा समेत चरम भ्रष्ट भएका कारण राजा ज्ञानेन्द्रले समेत नरुचाईएका भ्रष्ट सिरोमणि वर्तमान सरकारका संभवतः सबैभन्दा वदनाम पात्र तथा मन्त्रीको रूपमा वनमन्त्री दीपक बोहराका भद्दा क्रियाकलाप र व्यवहारबाट सभासद्हरू समेत वाक्क दिक्क  छन्।

२०३६ साल सुर्य बहादुर थापा पाला यता सबैभन्दा ठूलो स्तरमा वनफँडानी भएको भन्ने पर्यावरणविद्हरूको चिन्तापछि सरकारले २ असारदेखि कम्तीमा दुई महिना देशभर रूख कटानमा रोक लगायो। राष्ट्रपतिको आग्रह तथा व्यवस्थापिका(संसद्को प्राकृतिक स्रोतसाधन समितिले सरकारलाई पटक(पटक वनफँडानी रोक्न दिएको निर्देशनलाई समेत बेवास्ता गरेर भइरहेको शृङ्खलाबद्ध वन फँडानीमा राजनीतिक संरक्षण प्राप्त तस्कर गिरोहहरूको संलग्नताको आशङ्का छ। सर्वब्यापक रुपमा  वनमन्त्री दीपक बोहरामाथि  आरोप लगाएका छन ।

प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको वर्तमान सरकारका संभवतः सबैभन्दा बद्नाम पात्र बनेका छन्― वनमन्त्री दीपक बोहरा। भ्रष्टचार काण्डमा शिक्षा मन्त्रिलाई  नैतीकताको आधारमा त।म। लो। पा। ले आफ्ना मन्त्रिलाई फिर्ता बोलाए पनि उनी भने ठाट्का  साथ कोपनहेगनको विश्व जलवायु सम्मेलनमा ठूलो सङ्ख्यामा असम्बन्धितहरूलाई लैजाने, चितवन राष्ट्रिय निकुञ्जभित्र  दसौ करोड नजराना लिएर रिसोर्ट सन्चालन गर्न दिईेएको जसमा पुर्व वनमन्त्री किरण गुरुङ्ले अस्वीकार गरेका थिए, साइटिस सन्धि विपरित रक्तचन्दनको लिलाम गर्ने, दुर्लभ वन्यजन्तुका आखेटोपहार जलाउने विवादास्पद कृत्य र निर्णयका कारण वर्षभरि नै चर्चामा रहे ।

उनका स्वार्थी गतिविधिका कारण वन तथा वन्यजन्तु संरक्षण क्षेत्रमा भुइँचालो गएको छ। बोहराकालमा चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा मारिएका छन् भने चोरि शिकारीहरु नजराना लिएर  छुटाउने काम भएको छ, गएको वैशाख(जेठमा मात्रै पाँच वटा मारिए। उनकै पार्टी समेत सहभागी १६ दलको बैठकले १० असारमा अनियन्त्रित वनफँडानीबाट मुलुक मरुभूमिकरण भएको ठहर गरेको छ। पछिल्लो समय उनले गरेको जिल्ला वन अधिकृत ९डिएफु० हरूको सरुवामा पनि अयोग्य र बद्नाम डिएफुहरूलाई मोटो रकम लेनदेन गरेर तराईमा खटाइएको मन्त्रालयका उच्च अधिकारीहरू नै बताउँछन्।

संसद्को प्राकृतिक स्रोतसाधन समितिले १२ चैत, ६ जेठ, १७ जेठ र १ असारमा वन फँडानीको विषयमा मन्त्री बोहरालाई सोधपुछ र निर्देशन गर्दा उनले अत्यन्त हल्का रूपमा लिएकोमा सभासद्हरूको रोष छ। स एकसिङ्गे गैँडाको खाग तस्करी रोक्ने कुरामा मन्त्री बोहराको क्रियाकलापप्रति संसदीय समिति आश्वस्त बनाउन सकेन । समितिको ३१ चैतको बैठकले दुर्लभ वन्यजन्तुको आखेटोपहार जलाउने वन मन्त्रालयको प्रस्तावमा मन्त्रीको खराब नियत गाँसिएको भनेर रोक नै लगायो। मन्त्री बोहराले संसदीय समितिमा दिएका अभिव्यक्तिले पनि सभासद्हरूको शङ्कालाई बढाएको छ।

६ जेठको समिति बैठकमा उनले हावाहुरीले सर्लाही र बारा जिल्लामा ६,५०० रूख ढलेका र १५ वटा छाप्रा उडाएको विवरण दिँदा सभासद्हरूले त्यति धेरै रूख ढाल्ने हुरीले १५ वटा छाप्रा मात्र कसरी उडायो भन्ने कुरा उठाएका थिए। राष्ट्रिय सतर्कता केन्द्रले ६ असारमा सार्वजनिक गरेको स्थलगत अनुगमन प्रतिवेदनले पनि उदयपुर, सर्लाही, बारा, रौतहट, कपिलवस्तु, दाङ, बाँके, सुर्खेत, कञ्चनपुरलगायत १५ जिल्लामा व्यापक वनफँडानी, वनपैदावारको चोरीनिकासी र काठ तस्करी भएको जनाएको छ। यीमध्ये अधिकांश घटनामा पहुँचवाला व्यक्तिको संरक्षण वा दबाब परेको देखिन्छ। राजनीतिक सङ्क्रमणको मौका छोपेर मध्य र उच्च पहाडी जिल्लामा समेत काठ तस्करी ह्वात्तै बढेको छ।

संसदीय समितिले विभिन्न टोली बनाएर देशभर वन फँडानी र काठ तस्करीको अनुगमन गरिरहेको छ। त्यी टोलीले वन तस्करीको स्वरुप फेरिएका अनेकन तथ्य फेला पारेका छन्― सर्लाहीमा रातको समयमा डोजर प्रयोग गरेर रूख ढाल्नु, रूख काटेको प्रमाण बाँकी नरहोस् भनेर जरैदेखि रूख उखेल्नु, जता ठूला रूख छन् त्यतैबाट मोटर बाटो लैजानु, तराईको समथर स्थलमा बाटो बनाउन पनि ठूला स्काभेटर प्रयोग गर्नु आदि।  त्यस्तैगरी  “बस्ती नै नभएको ठाउँमा मोटरबाटो बनाउन भनेर घना जङ्गल फाँडिएको  छ।

नियत नै काठ तस्करी गर्ने देखिन्छ। जिल्ला वन कार्यालयका अधिकारी र स्थानीय चुरे ब्रह्मस्थान सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा पनि व्यापक रूख कटानी भएको छ। यस्ता कु कार्यका बिरुद्दमा जति नै मशी खर्चिए पनि एक कानले सुनेझै गरी अर्का कानले उडाउने भ्रष्टचार गर्न अभ्यस्त रहेका भ्रष्ट सिरोमणीहरुलाई नेपाली जनताले नै सजाय दिने छन।

Advertisements

One thought on “भ्रष्ट मन्त्रिबाट प्राकृतिक स्रोतको दोहन

  1. नेपाल देशको मातृभूमिमा बसेर नेता भईस तर जननेता होइन, यस्ता त ब्वासो हुन्छ, निर्दोसलाई कोपर्ने, रगत पिउने, जुन थालमा खायो त्यहिँ थाल प्वाल पर्ने जस्ता व्यवहार गर्दै हुनुहुन्छ | ए लाज पचेका नेता हो ! नेपाली जनताले अति दुख गरेर जोगाई राखेको वातावारानिय जंगल, नेपाललाई चिनाउने जनावर, नेपाली जनताहरुको रगत पसिनाद्वारा संकलित राजस्व माथि कति तस्करी र घोटाला गर्छौ ? तिमि यस संसारमै नबसे त ठिकै हो होइन भने एकदिन नेपाली जनताले एकाएक हिसाब किताब गर्नेछ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s