भक्तपुर, श्रावण २८ – भक्तपुरको सिरुटार ९ सुयल गाउमा एक बृद्धालाई साउन १४ गते हत्या गर्ने मध्येको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्याराहरुलाई प्रहरीले १३ औ दिन बिहिबार पक्राउ गरेको हो । प्रहरीले घटनाका योजनाकार धादिङ कटुन्जेका सन्ते तामाङ, सन्जय तामाङ र नुवाकाटका आशिष तामाङलाई पक्राउ गरेको छ । बास माग्न आएको निहु पारेर घरका पूर्व कामदार सन्ते सहितको ६ जनाको समूहले धारिलो हतियार प्रयोग गरी ५६ बषिर्य माया थापाको हत्या गरेका थियो । सानै उमेरदेखि घरमा काम गर्न बसेका सन्तेले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन सार्वजनिक गर्ने भन्दै प्रहरीले घटनाको बारेमा बिस्तृत जानकारी दिन चाहेन । घटनाको जानकारी दिन आज साढे एघार बजे परिसरमा पत्रकार सम्मेलन गर्ने भएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न धादिङका राम, बिरे, मक्ति तामाङ तीन जना फरार छन् । उनीहरको पहिचान खुलेपनि फरार रहेकोले पक्राउ गर्न नसकेको महानगरीय प्रहरी परिसरको एक प्रहरीले जानकारी दिए ।
sourc : ekantipur