कांग्रेस सोलुखुम्बुको सभापतिमा आङगेलु शेर्पा निर्वाचित


मनोज श्रेष्ठ/२९ साउन, सल्लेरी – नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा आङगेलु शेर्पा निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा बलबहादुर केसी निकट उम्मेद्धार बिनोद बस्नेतलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको हो । शेर्पाले १६४ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्दी बस्नेतले ११४ मत प्राप्त गर्नुभयो । कांग्रेस सोलुको सचिवमा भने केसी निकट भोजराज कार्की निर्वाचित हुनुभएको छ । कार्कीले शेर्पा पक्षधर बलबहादुर बस्नेतलाई पछि पार्नुभएको हो ।

सचिव पदमा कार्कीले १४७ मत प्राप्त गर्नुभयो भने बस्नेतले १३० मत प्राप्त गर्नुभयो । नवगठित जिल्ला समितिको सचिव एक पद बाहेक सम्पुर्ण पदमा सभापति आङगेलु शेर्पा निकट व्यक्तिहरु विजयी भएकाछन् । निवर्तमान सभापति प्रभुराम बस्नेत महाधिवेशन प्रतिनिधीकै रुपमा छनौट हुन असफल हुनुभएको थियो । लामो समयसम्म सोलुखुम्बु कांग्रेसमा हालिमुहाली गर्दै आएको पूर्व मन्त्री तथा केन्द्रिय सदस्य बलबहादुर केसी पक्षधर भने बाह्रौं जिल्ला अधिवेशनमा कमजोर देखिएको छ ।

कांग्रेस सोलुका नेताहरुले अधिवेशन एकताको अधिवेशन हुने दाबी गरे पनि कांग्रेस भित्रको फूट अधिवेशनमा मैदानमा नै देखिएको थियो ।

Advertisements

2 thoughts on “कांग्रेस सोलुखुम्बुको सभापतिमा आङगेलु शेर्पा निर्वाचित

  1. Its sounds good but do not make mistake again going underway of KC. Try to be broad leader not only Congress. You suppose to sack KC previously anyway did it after along. Keep continue to suppress him.

    Ganesh,
    New York

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s