पठनपाठनमा समस्या


मनोज श्रेष्ठ/ सल्लेरी – देउसा मावि देउसा सोलुखुम्बुमा दरबन्दी अनुसारको शिक्षकको व्यबस्था हुन नसक्दा विद्यालयको पठनपाठनमा समस्या भएको छ । विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी नहुदा र दरबन्दीमा रहेका शिक्षकहरु पनि काजमा खटाई अन्य विद्यालयमा पठाएका कारण पठनपाठनमा समस्या भएको हो ।

प्रावि दरबन्दीका शिक्षक राजकुमार निरौला राम लक्ष्मण प्रावि सल्यानमा काज सरुवाको रुपमा पठाए पछि विद्यालयको पठनपाठनमा झनै समस्या भएको हो । विद्यालयको समस्याका बारेमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको बैठक बसी काज सरुवा पटक पटक फिर्ता गर्न अनुरोध गर्दा  समेत जिल्ला शिक्षा कार्यालयले कुनै चासो नदेखाएको बताईएको छ । यस्तै गत जेठ महिनामा व्यवहारिक कारण देखाउदै  निमावि तहका शिक्षक कुल प्रसाद बास्तोला पनि हिमाल दर्शन उच्च मावि नेचा बतासेमा काज सरुवाको रुपमा गएका छन ।

देउसा माविमो १२ जना शिक्षकको दरवन्दी रहेपनि २ जना काज सरुवा र  १ जना मावि तहको दरवन्दी रिक्त रहेको देउसाबाट भोजराज कार्कीले जानकारी दिनुभयो । काज सरुवामा रहेका शिक्षकहरुको तत्काल काज फिर्ता गर्नुपर्ने विद्यालय परिवारले माग गरेका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s