प्रधानमन्त्री निर्वाचनमा फेरि एमालेसहित ११ दल तटस्थ बस्ने


२९ साउन, काठमाडौँ । राष्ट्रिय सहमति कायम गर्नका लागि भदौ २ गते हुने पाँचौ चरणको प्रधानमन्त्रीको निर्वाचनमा नेकपा एमालेसहित ११ राजनीतिक दल तटस्थ बस्ने भएका छन् । एमाले अध्यक्ष झलनाथ खनालको पहलमा शनिबार एमाले मुख्यालय बल्खुमा बसेको संयुक्त बैठकले राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिँदै पाँचौ चरणको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।

शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार गठनको विकल्प नभएको भन्दै एमालेसहितका साना दलले प्रधानमन्त्रीका दुवै प्रत्यासीलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बैठकमा एमाले अध्यक्ष खनालले शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय सहमतीका साथ अघि बढ्नुपर्ने आवश्यकतामा प्रकाश पार्नुभएको थियो । उहाँले साउन २६ गते बसेको एमालेको केन्द्रीय कमिटीको बैठकद्वारा पारित विशेष राजनीतिक प्रस्तावसम्बन्धमा पनि बैठकमा सहभागि राजनीतिक दलका नेताहरुलाई जानकारी गराउनुभएको थियो ।

साथै, प्रधानमन्त्रीको प्रत्यासी रहेका दुबै दलहरुमध्ये एकीकृत नेकपा माओवादीसँग पार्टीका तर्फबाट छलफल गरिसकिएको र उक्त छलफल धेरै हदसम्म सकारात्मक रहेको तथा अर्को दल नेपली कांग्रेससँग छलफलको प्रक्रियामै रहेकोसमेत बैठकमा बताउनुभयो । बैठकले राष्ट्रिय सहमतिको आधारमा शान्ति र संविधान निर्माणको कामलाई सफलता पूर्वक अघि बढाउनु पर्नेमा जोड दिएको छ ।

त्यसनिम्ति एमालेले अघि सारेको प्रस्ताव राष्ट्रिय सहमती तर्फ अघि बढ्ने आधार हुनसक्ने निस्कर्षका साथ ठोस, पारदर्शी र विश्वसनीय रुपमा अघि बढेर मुलुकलाई राजनीतिक निकास दिन पहल गर्नुपर्नेमा बैठकले जोड दिएको छ । संविधानसभामा निर्वाचित ठूलो दलका हैसियतले सहमतिको राष्ट्रिय सरकार गठन गर्ने सम्बन्धि औपचारिक संस्थागत निर्णय र प्रस्तावका साथ प्रस्तुत हुन माओवादीलाई बैठकले आह्वान पनि गरेको छ ।

बैठकले प्रधानमन्त्रीको निर्वाचनका क्रममा राजनीतिक दलहरुबीच देखापरेको असंसदीय र गैरराजनीतिक आचरणप्रति खेद व्यक्त गरेको छ । एमालेले माओवादी र कांग्रेसबाहेक संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न २३ दललाई छलफलका लागि बोलाएको भएपनि साना दश दलमात्र बैठकमा उपस्थित भएका थिए ।

बैठकमा एमालेसहित मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), नेकपा (माले), नेपाल सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जनशक्ति पार्टी, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरुको उपस्थिति थियो ।

यसअघि भएको चार पटकको प्रधानमन्त्री निर्वाचनमा पनि एमाले तटस्थ बसेको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि भदौ २ गते पाँचौ चरणको निर्वाचन हुँदैछ । प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रत्यासी छन् ।

बैठकपछि जारी विज्ञप्तीको पूर्ण अँशः

२९ साउन, २०६७

प्रेस विज्ञप्ति

नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा आयोजना गरेको संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न २३ वटा राजनीतिक दलहरुको संयुक्त बैठक सम्पन्न भयो । नेकपा (एमाले)का अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त बैठकमा उहाँले सहभागी राजनीतिक दलका प्रमुख नेता/प्रतिनिधिहरुलाई स्वागत गर्दै राष्ट्रिय सहमतीका साथ अघि बढ्नुपर्ने आवश्यकतामा प्रकाश पार्नुभयो ।

उहाँले नेकपा (एमाले)को केन्द्रीय कमिटीको २०६७ साउन २६ गते बसेको बैठकद्वारा पारित विशेष राजनीतिक प्रस्तावसम्बन्धमा पनि संविधानसभाभित्रका राजनीतिक दलहरुलाई जानकारी गराउनुभयो । साथै, प्रधानमन्त्रीको प्रत्यासी रहेका दुबै दलहरुमध्ये एकीकृत नेकपा (माओवादी)सँग पार्टीका तर्फबाट छलफल गरिसकिएको र उक्त छलफल धेरै हदसम्म सकारात्मक रहेको तथा अर्को दल नेपली कांग्रेससँग छलफलको प्रक्रियामै रहेकोसमेत बैठकमा बताउनुभयो ।

बैठकले राष्ट्रिय सहमतिको आधारमा शान्ति र संविधान निर्माणको कामलाई सफलता पूर्वक अघि बढाउनु पर्नेमा जोड दिएको छ । त्यसनिम्ति नेकपा (एमाले)ले अघि सारेको प्रस्ताव राष्ट्रिय सहमती तर्फ अघि बढ्ने आधार हुनसक्ने निस्कर्षका साथ ठोस, पारदर्शी र विश्वसनीय रुपमा अघि बढेर मुलुकलाई राजनीतिक निकास दिन पहल गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

संविधानसभामा निर्वाचित ठूलो दलका हैसियतले सहमतिको राष्ट्रिय सरकार गठन गर्ने सम्बन्धि औपचारिक संस्थागत निर्णय र प्रस्तावका साथ प्रस्तुत हुन एकीकृत नेकपा (माओवादी)लाई बैठकले आह्वान पनि गरेको छ । बैठकले प्रधानमन्त्रीको निर्वाचनका क्रममा राजनीतिक दलहरुबीच देखापरेको असंसदीय र गैरराजनीतिक आचरणप्रति खेद व्यक्त गरेको छ ।

आजको बैठकमा नेकपा (एमाले), मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), नेकपा (माले), नेपाल सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जनशक्ति पार्टी, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरुको उपस्थिति थियो ।

बैठकमा भएको छलफललाई निस्कर्षका रुपमा प्रस्तुत गर्नुहुँदै नेकपा (एमाले) का महासचिव कमरेड ईश्वर पोखरेलले धन्यवाद ज्ञापन गर्नुका साथै सहमतीको यस प्रयत्नलाई अझ अघि बढाउने बताउनुभएको थियो ।

गंगालाल तुलाधर

सचिव

केन्द्रीय कार्यालय

Source: Onlinekhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s