बन्द फिर्ता लिन उद्योमी–व्यवसायीको माग


काठमाडौ, श्रावण २९(रासस) – पर्यटन व्यावसायी, उद्यमी र व्यावसायीहरुले शनिबार एक कार्यक्रम आयोजना गरी यातायात बन्द, चक्काजाम फिर्ता लिन नेपाल आदिवासी जनजाति महासङ्घलाई आग्रह गरेका छन् । महासङ्घले आइतवार साउन ३० गते आइतबार देशव्यापी चक्काजाम तथा यातायात बन्द गर्ने घोषणा गरिसकेको छ । नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले पर्यटन वर्षलाई नकारात्मक असर पार्ने र जनतालाई दुःख दिने बन्द कार्यक्रम फिर्ता लिन माग गरे ।

उनले माओवादीको बन्द कस्तो भयो यसबाट पाठ सिक्नुपर्ने समेत बताए । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष सुरेन्द्रवीर मालाकारले १८ वटा राजनीतिक दलहरुले बन्द हडताल नगर्ने प्रतिबद्धता जनाइसकेको बताउँदै पटकपटकको बन्दले निजी क्षेत्रलाई आर्थिक गतिविधिमा ठूलो असर परेको उल्लेख गरे ।

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले संविधान निर्माणका लागि राजनीतिक दलहरुलाई दबाब दिन बन्द कार्यक्रम गरिएको बताए । उनले संविधान नबनेसम्म मुलुकमा शान्ति र आर्थिक समृद्धि नहुने तर्क दिए । महासङ्घले बन्दको बेला एम्बुलेन्स, दमकल, पर्यटक, पत्रकारका गाडीलाई चल्न दिइने जनाएको छ ।

कार्यक्रममा होटल सङ्घ नेपालका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र पर्यटन व्यावसायी सुमन पाण्डेले बन्द हडतालको संस्कृतिको अन्त्य गर्नुपर्ने, विरोध र आन्दोलनबाट माग पूरा भएको उदाहरण नभएको, जनताको दैनिक जनजीवन र स्वतन्त्रतापूर्वक हिड्न पाउने अधिकार कुण्ठित गर्न नहुने, विरोधका अन्य तरिका अपनाउनुपर्ने धारणा राखेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s