देशव्यापी चक्काजाम, महासंघका महासचिब शेर्पासहित तीन दर्जन पक्राउ


३० साउन, काठमाडौं । आदिवासी जनजाति महासंघले आह्वान गरेको देशव्यापी चक्काजामले काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । चक्काजामको क्रममा काठमाडौंबाट महासंघका महासचिब आङकाजी शेर्पासहित तीन दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् ।

शेर्पासहित ६ जनालाई बौद्धबाट विहानै प्रहारीले पक्राउ गरेको हो । यस्तै बालाजुबाट महासंघका सचिव कुमार नाल्बोसहित डेढ दर्जन पक्राउ परेका छन् । कोटेश्वर, मिनभवन, कालिमाटि र सातदोबाटोबाट पनि जनजाति विद्यार्थी महासंघ र थारु कल्याणकारीणी सभाका एक दर्जन बढी पक्राउ परेका छन् ।

बिहान सबेरैबाट प्रदर्शनकारीहरु राजधानीको चोकचोकमा जम्मा भइ यातायातका साधन बन्द गराउँदै हिडेका थिए । प्रदर्शनकारीले बन्दको अबज्ञा गरेको भन्दै चाबहिल, मिनभवन, कालीमाटीलगायत स्थनमा एक दर्जन सवारी साधन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रहरी हस्तक्षेपको निन्दा

यसैबीच शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले गम्भीर आपत्ती जनाएको छ । महासंघका अध्यक्ष राजकुमार लेखीले आज विहान जारी गरेको विज्ञप्तिमा जनजातिहरुको शान्तिपूर्ण आन्दोलनमाथिको दमनलाई जारी राखे भदौ पहिलो साताबाट देशव्यापी सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

नयाँ संविधानमा आदिवासी जनजातिको हक अधिकार सुनिश्चित हुनुपर्नेलगायत माग राख्दै महासंघले आज एक दिन चक्काजाम घोषणा गरेको हो । चक्काजामका कारण पूर्वपश्चिम राजमार्ग र भित्रि सडकहरुमा पनि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । बजार, उद्योगधन्दा, कलकारखाना र शिक्षण संस्था समेत बन्द हुँदा सर्बसाधारण मर्कामा परेका छन् ।

अप्रीय घटना हुन नदिन उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Source: onlinekhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s