जुवातास खेल्न प्रतिबन्ध


मनोज श्रेष्ठ/१ भाद्र, चौरिखर्क (सोलु अनलाइन) – सोलुखुम्बुको चौरिखर्क गाविसमा जुवातास खेल्नमा प्रतिबन्ध लगाएको छ । एकिकृत नेकपा माओवादी दिक्षा एरिया संगठन समितिको आयोजनामा अस्ती सम्पन्न सर्बदलीय, सर्वपक्षीय बैठकले त्यस्तो निर्याय गरेको दिक्षा एरिया संगठन समितीका सह–सेक्रेटरी बिजय तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार त्यस क्षेत्रमा अहिले जुवा, तास, पारास्यो, डाईस, क्वाईङ जस्ता खेल बिकृत्तीका रुपमा आएकोले यस्तो प्रतिबन्ध लगाउनु परेको हो । जुवा तास खेलेको पाइएमा स्थानीय प्रशासनलाई बुझाउने र कानुनअनुसार कारबाही गरिने जनाइएको छ । यसैगरी यो क्षेत्रमा काम गर्ने मजदुरहरुले अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्नुपर्ने व्यवस्था पनि बैठकले गरेको छ ।

बिभिन्न स्थानबाट आएका मजदुरहरुको मृत्यु भएमा सनाखत हुन लामो समय लाग्ने र मजदुरहरुले पर्यटकको सामान लथालिङ्ग छाडेर हिड्ने गरेकोले पनि परिचय पत्र अनिबार्य गरेको जनाइएको छ । यस्तै बैठकमा एरियाका खेलाडीलाई ध्यानमा राखी फुटबल मैदान निर्माण गर्ने बिषयमा पनि छलफल भएको जनाईएको छ । मैदान निर्माणका लागी निर्माण समिती समेत गठन गरिएको छ । बैठक एकिकृत नेकपा माओबादी दिक्षा एरिया संगठन समितीका सेक्रेटरी नाम्गेल शेर्पाको अध्यक्षतामा बसेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s