दुई बाढीपीडितलाई स्वाइन फ्लु


अमर खड्का/ इटहरी, साउन ३१- तीन साता अघि सुनसरी खोलामा आएको बाढीले बिस्थापित भएका इनरुवा र भोक्राहाका दुई जनामा स्वाइन फ्लु भएको पुस्टी भएको छ। इनरुवा-६ खिक्रीपट्टी र भोक्राहाका विस्थापित धेरैलाई भाइरल ज्वरो र झाडापखाला भएपछि परीक्षण गर्दा दुईमा स्वाइन फ्लु भेटिएको हो। स्वाइन फ्लु ५५ बर्षीय खलीद मनसुरी र ४४ बर्षीया गुन्जादेवी उराँवमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

बाढी पीडितबाट विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका खिक्रीपट्टीका १९ परिवार र भोक्राहाका ३० परिवारका दुधे बालकदेखि बूढेसकालसम्मका प्रायः सवै बिरामी भएकोमा पाँच जनाको ‘थ्रोट स्यब’ परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ पठाइएको थियो। ‘थ्रोट स्यब’ परीक्षण गरिएका अन्य तीन जनाको भने भाइरल ज्वरो बाहेक अन्य समस्या नदेखिएको कार्यालयका स्वास्थ्य सहायक रामचरित्र मेहताले नागरिकन्युजलाई बताए।
जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डा. दयाशंकरलाल कर्णले स्वाइन फ्लु भएको पुस्टि भएका दुवैमा अहिले ‘पोस्ट प्यानडेमिक’ अवस्थामा राखेकाले खतरा नभएको बताए।

कर्णले बाढी पीडित थप केही नयाँ-नयाँ भाइरल ज्वरोका बिरामी देखा परेपनि पुराना बिरामी भने अधिकांस सन्चो भइसकेको दाबी गरे। स्वाइन फ्लु भएको पुस्टी भएको रिपोट सोमबार अपरान्ह आएकाले चिकित्सको टोलीले पाँच बजेदेखि वाढीपीडित बसोबास गरेको क्षेत्रमा निगरानी गरेर उपचारसँगै स्वास्थ्य सचेतना अभियान थालेको छ।

स्वाइन फ्लुबाट वच्न चिकित्सको टोलीले बाढीपीडित बसेको क्षेत्रमा बिरामीलाई भिडभाड भएको स्थानमा नजान, छुट्टै स्थानमा बस्न, मुखमा माक्सको प्रयोग गर्न, हात धुदाँ सावुन-पानीको प्रयोग गर्र्न लगायतका निमय पालना गर्न सिकाएर सचेत गराइएको छ।

एक्कासि ज्वरो आउने, टाउको दुख्ने, आँसु आउने, थकाई लाग्ने, जीउ दुख्ने र शरीर काम्ने लक्ष्ण देखापर्ने भाइरल ज्वरोका बिरामी मध्ये ५ दिन अघि केही निकै सिकिस्त भएपछि स्वाइन फ्लुको शंका गरिएको थियो।

साभार : नागरिक न्युज

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s