विद्यालय सामाग्री चोरी


मनोज श्रेष्ठ/१ भाद्र, लोखिम (सोलु अनलाइन) – सगरमाथा युवा क्लव लोखिम सोलुखुम्बुको भवनमा तोडफोड गरेर बिभिन्न सामाग्री चोरी भएको छ । शनिबार राती भवनको ढोका पोरेर भित्र पसी सोलार प्यानल एक थान, ब्याट्री १  थान, चिम २ वटा, कन्ट्रोलर र करिव ३० मिटर तार चोरी भएको क्लवका सदस्य लक्ष्मी राईले जानकारी दिनुभयो ।

वहाँका अनुसार भित्र भएका २ वटा दराज फुटाएर त्यसभित्र भएका अरु सामाग्री सहित करिब ८० हजार बराबरको चोरी भएको छ । क्लवले सामानको बारेमा जानकारी दिनेलाई ५ हजार पुरस्कार दिने घोषणा समेत गरेको छ ।

Leave a comment