प्रधानमन्त्री निर्वाचन भदौ ७ मा


२ भाद्र, काठमाडौं । प्रधानमन्त्रीको पाँचौ चरणको निर्वाचन भदौ ७ गते हुने भएको छ । संविधानसभाको भवनमा बुधबार बसेको व्यवस्थापिका संसद अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले पाँचौ चरणको निर्वाचन भदौ ७ गतेको लागि तय गरेको हो । कार्यव्यवस्था परामर्श समितिले तय गरेको निर्वाचनको मितिलाई अपरान्ह बस्ने संसद बैठकले अनुमोदन गर्नेछ ।

एकीकृत नेकपा माओवादीले आफ्ना सभासद रामकुमारी यादवको निधन भएको भन्दै बुधबारका लागि तय भएको निर्वाचन सार्न प्रस्ताव गरेका थिए । मुख्य तीन दलले यसअघि भदौ ६ गते निर्वाचन गर्ने अनौपचारिक निर्णय गरेपनि बुधबारको बैठकमा साना दलका सचेतकहरुले भदौ ७ गते गर्ने अडान राखेपछि सोही अनुसार निर्वाचनको मिति तय गरेको चुरेभावर एकता पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले जानकारी दिनुभयो ।

भदौ ७ गते अपरान्ह ३ बजे बस्ने संसद बैठकमा पाँचौ चरणको निर्वाचन हुने मैनालीले जानकारी दिनुभयो । बुधबारको संसद बैठकमा माओवादी सभासद यादवको निधनप्रति शोक प्रस्ताव पारित गरिने भएको छ । यसअघिका चारपटकको निर्वाचनमा प्रधानमन्त्रीका दुवै प्रत्यासी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आवश्यक बहुमत ल्याउन नसकेपछि पाँचौ चरणको निर्वाचन बुधबारका लागि तय गरिएको थियो ।

Source: online Khabar

Advertisements

2 thoughts on “प्रधानमन्त्री निर्वाचन भदौ ७ मा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s