संविधानसभा भंग गर्नुपर्छ: खड्का


गजेन्द्र बोहरा, दाङ, भदौ २- कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले संविधानसभाको कुनै औचित्य नभएको भन्दै यसलाई तत्काल विघटन गर्नुपर्ने बताएका छन्। उनले पार्टी केन्द्रीय समितिमा यस्तो प्रस्ताव गर्ने जानकारी दिए। ‘केन्द्रीय समिति बैठकमा त्यो प्रस्ताव गर्छु,’ उनले भने ‘नभए पत्रकार सम्मेलन गरेर भए पनि आफ्नो प्रस्ताव सार्वजनिक गर्नेछु।’ कांग्रेस जिल्ला अधिवेशनका विजयी पदाधिकारीलाई शुभकामना दिन मंगलबार दाङ आएका खड्काले संविधानसभा भंग गरेर नयाँ चुनावको विकल्प नभएको बताए। जिल्लामा उन समर्थक प्यानल कार्यसमितिमा विजयी भएको छ।  खड्काले तत्काल अर्को चुनाव नभए देश गम्भीर दुर्घटनामा फँस्ने चेतावनीसमेत दिए। ‘संविधानसभाको औचित्य सकिइसकेको छ, संसद्को पनि अब काम छैन’, उनले भने ‘यसलाई जबर्जस्ती ज्युँदो राख्नुहुन्न, संसद भंग गरेर नयाँ चुनावको घोषणाभन्दा अर्को विकल्प छैन।’ पहिलोचोटी तोकिएको समयमा संविधान बन्न नसकेपछि अब संविधानसभाको कुनै औचित्य बाँकी नरहेको उनको धारणा थियो। खड्काले पुनः निर्वाचनपछि चुनिएर आएका सांसदहरुले मात्रै संविधान बनाउनसक्ने दाबी पनि गरे। उनले कार्यसमितिले नमानेपछि तरुण दस्ता अघि नबढेको पनि बताए। ‘तरुण दस्ताको प्रस्ताव पनि मैले नै गरेको हुँ, फेरि संसद भंग गर्ने प्रस्ताव पनि गर्नेछु’ खड्काले भने ‘तर, मैले मात्रै भनेर केही हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s