सुजाताले महामन्त्रीमा उम्मेदवारी दिने


३ भाद्र, बुटवल – उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी बाह्रौं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । शान्तिदीप प्रज्वलनका लागि लुम्विनीमा रहनुभएकी नेतृ कोइरालाले विहीबार स्थानीय एक रेडियोसँगको कुराकानीमा यस्तो घोषणा गर्नुभएको हो ।

नेपाली काङ्ग्रेसलाई सबल बनाउन वीपी कोईराला तथा गिरिजाप्रसाद कोइरालाका मेलमिलाप, सहमति, सहकार्य र एकताको राजनीतिका लागि महामन्त्री पदमा उम्मेदवारी दिने उहाँले बताउनुभयो ।

त्यस्तै, नेतृ कोइरालाले, शान्तिका लागि सहमति गर्नैपर्ने अहिलेको अवस्थामा सबैजना राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि सबैले त्याग गर्नुपर्ने उहाँको भनाई थियो ।

Source: onlinekhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s