१५ मिनेटमै सकियो एमाले बैठक


काठमाडौ, भाद्र ३ – एमाले केन्द्रीय कमिटी बैठक १५ मिनेट बसेर स्थगित भएको छ । बैठकले शनिवार पोलिटब्यूरो बैठक वोलाउने निर्णय गरेको छ । पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्दै मिति तय गर्नेछ । बिहीबारदेखि बस्ने बैठकले प्रधानमन्त्री निर्वाचनबारे धारणा बनाउने अपेक्षा गरिएको थियो । दलहरुबीच सहमतिको प्रयास भइरहेकाले राष्ट्रिय सहमतिको लागि एमालेले थप पर्खने भएको छ । राष्ट्रिय सहमतिका लागि भन्दै प्रधानमन्त्री चुनावमा एमाले तटस्थ बस्दै आएको छ । एमालेले गत साता सहमतिका लागि आठबुँदे प्रस्ताव पारित गर्दै प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई आग्रह गरेको थियो । पोलिटब्यूरो बैठकमा पनि उक्त आठ बुँदे प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s