एमालेले सहमतिको खाका ल्याउने


४ भाद्र, काठमाण्डौ – राष्ट्रिय सहमतिका लागि पहली कदम चाल्दै आएको नेकपा एमालेले प्रधानमन्त्री निर्वाचन अगावै सहमतिका लागि औपचारिक खाका तयार गरि अन्य दलसँग छलफल गर्ने भएको छ । भदौ ७ गतेका लागि तय भएको पाँचौ चरणको प्रधानमन्त्री निर्वाचन अगावै सहमति जुटाउने प्रयासमा एमालेले खाका तयार गर्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार बसेको शीर्ष नेताहरुको बैठकले शनिबार बस्ने पोलिटब्यूरो बैठकमा प्रस्तुत गर्ने एजेण्डा र राष्ट्रिय सहमतिको मस्यौदाबारे छलफल गरेको छ । बैठकपछि एमाले सचिव विष्णु पौडेलले एकीकृत रुपमा राष्ट्रिय सहमतिका एमालेले आफ्नो प्रयासअघि बढाएको बताउनुभयो । राष्ट्रिय सहमतिका लागि स्पष्ट खाका ल्याउन साना दललगायतका दलहरुले स्पष्ट खाका ल्याउन आग्रह गरेकाले पनि एमाले त्यसको तयारीमा जुटेको हो ।

उसले माओवादी लडाकूको समायोजन तथा पुर्नस्थापना, विगतमा भएका सहमतिको कार्यान्वयन, संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा सहमति तथा शक्ति वाँडफाँडलगायतका विषयलाई समेटेर सहमतिको प्रस्ताव तयार पार्न लागेको स्रोतको दावी छ । पार्टीले यसअघि सहमतिका लागि अघि सारेको अवधारणामा समेत एमालेले सामान्य हेरफेर गर्ने बताएको छ ।

उसले लडाकू समायोजनको मापदण्डमा माओवादी सकरात्मक भए लडाकूको संख्या तोक्ने विषयमा पनि लचिलो हुन सक्ने स्रोतको दावी छ । बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्रीको निर्वाचनबारे रणनीति तयार गर्ने जिम्मा पोलिटब्यूरो बैठकलाई दिएकाले पनि उसले आन्तरिक गृहकार्यलाई तिव्र पारेको हो ।

राष्ट्रिय सहमति, प्रधानमन्त्रीको चुनाव र एमालेको दृष्टिकोणका विषयमा छलफल हुने भएकोले शनिबार हुने पोलिटब्यूरो बैठकलाई महत्वका साथ हेरिएको छ । दुई तिहाईको समर्थन जुट्ने अवस्था नआएसम्म कुनै पक्षमा मतदान नगर्ने भन्दै एमाले प्रधानमन्त्रीको चुनावमा तटस्थ रहँदै आएको छ । प्रधानमन्त्रीको निर्वाचनबारे संस्थापन पक्ष र प्रभावशाली नेता केपी शर्मा ओली पक्षधरवीच मतभेद् रहेकाले पनि सबैलाई मान्य हुने प्रस्ताव तयार पार्न उसले गृहकार्य थालेको हो ।

पाँचौ चरणको निर्वाचन अगावै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने पक्षमा ओली पक्षधर रहेका छन् भने संस्थापन पक्ष पाँचौ चरणको निर्वाचन पछि समिक्षाका लागि बैठक बोलाउने पक्षमा छन् । पाँचौ चरणको निर्वाचन भदौ ७ गते व्यवस्थापिका संसदमा हुँदैछ । प्रधानमन्त्रीको दौडमा माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रत्यासी छन् ।

यसअघि पाँचौ चरणको निर्वाचन भदौ २ गतेका लागि तय भएको थियो । माओवादीकी सभासद् रामकुमारी यादवको निधनका कारण २ गतेको निर्वाचन भदौ ७ गतेका लागि सारिएको हो ।

Source: OnlineKhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s