आईसीसी विश्व क्रिकेट लिगमा नेपाल तेस्रो


काठमाडौं, भदौ ५ । नेपालले तान्जेनियालाई सजिलै १० विकेटले पराजित गरी आइसिसी पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ मा तेस्रो स्थानमा चित्त बुझाएको छ। यसअघि इटालीको बोलोनियामा भएको प्रतियोगिताको ‘राउन्ड रोबिन’को खेलमा १ सय १८ रन बनाउन नसकी तान्जेनियासँग ९ रनको पराजय भोग्दा नेपालको डिभिजन-३ मा उक्लने सम्भावनामा ठूलो धक्का लागेको थियो।

शनिबार टस जितेर ब्याटिङ रोजेको तान्जेनियालाई प्लेअफ खेलमा ३९.३ ओभरमा ७३ रनमा सीमित गरेपछि नेपालले १२.३ ओभरमा आवश्यक रन बनाएको थियो। अनिल मण्डलले ४७ र महेश क्षेत्रीले २४ रनको अविजित इनिङ खेले। अनिलले ४० बल खेल्दै ४ चौका र ३ छक्का तथा महेशले ३५ बलमा ३ चौका र एक छक्का प्रहार गरे।

यसअघि देब्रेहाते स्पिनर अमृत भट्टराईले सुरुवातमै २ विकेट लिएपछि तान्जेनियाको इनिङ सम्हालिन सकेन। अमृतले ८ ओभरको एक स्पेलमा ४ मेडन राख्दै ८ रन खर्चे। उनलाई साथ दिनेक्रममा विनोद दासले पनि सुरुमै एक विकेट लिए। मेडिसिनामा त्यसपछि देब्रेहाते स्पिनरहरू बसन्त रेग्मी, शक्ति गौचन र राहुल विश्वकर्मा हाबी भएका थिए।

म्यान अफ द म्याच शक्तिले ९ ओभरमा ४ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिए। त्यस्तै दुई विकेट लिदै बसन्तले प्रतियोगितामा आफ्नो विकेट संख्या १४ पुर्‍याए। उनले ८.३ ओभरमा २ मेडन राख्दै १५ रन खर्चेका थिए। त्यस्तै महबुव आलम र राहुलले १/१ विकेट लिए।

Source: नागरिक

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s