NRNA कुवेतको साक्षात्कार कार्यक्रम सम्पन्न


विक्रम थापा, कुवेत कुवेतको मालियास्थित National Evangelical Church मा NRNA कुवेतको संयोजकत्वमा एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । NRNA कुवेतका उपाध्यक्ष श्री धर्मराज गिरीले संचालन गर्नु भएको उक्त साक्षात्कार कार्यक्रमको सभापतित्व NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तमाङ्गले गर्नु भएको थियो ।

कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएको उक्त कार्यक्रममा नेपाली कामदारहरुको जल्दाबल्दा समस्याहरुलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो, भनें नेपाली राजदूतावासले सेल्टर संचालन गर्नमा ढिलासुस्ती गरेको भनी सबैले तिव्र आलोचना गरे । यसैगरी हालै मात्र नेपाली महिलाबाट फर्वानियामा घटेको घट्ना बारे पनि छलफल भएको र उक्त घट्नाको मुख्य अभियुक्तलाई खोजतलास गर्ने सम्बन्धमा पनि सबैको ध्यानाकर्षण भएको छ ।

दूतावासको सेल्टर संचालनमा ढिलासुस्ती भन्ने बिषयलाई उठाई नेपाली राजदूतावास कुवेतमा हामीले सम्पर्क गर्दा दूतावास सचिव श्री पुष्पराज भट्टराईले भन्नु भयो । “महिला सेल्टर सुरक्षाको कारण जहाँसुकै राख्न नमिल्ने र हाम्रो दूतावासमा सिमित कर्मचारी भएकोले पनि सेल्टरको रेखदेखमा हाम्रो पुरा ध्यान पुग्न सकोस भन्ने कुरालाई मध्यनजर गर्दै हामीले दूतावासलाई पायक पर्ने ठाँउमै सेल्टर राख्न खोजेका हौं, जसले गर्दा अलिक ढिलो हुन पुगेको हो । र अल-हुकुकसँग पनि हाम्रो यस बिषयमा परामर्श भई नै रहेको छ र हामीले यहि साउथ जाहरामै घर पनि भेटीसकेका छौं सेल्टरको लागि जसलाई यथाशिघ्र संचालनमा ल्याउने छौं ।”

Advertisements

2 thoughts on “NRNA कुवेतको साक्षात्कार कार्यक्रम सम्पन्न

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s