पाँचौं मतदानले पनि नतीजा दिने सम्भावना क्षीण


राजीनामा दिएको हफ्तौं सम्म पनि नेपालले कामचलाउ सरकार चलाइरहेका छन् ।

निर्णायक मतसंख्या ओगटेर बसेका नेकपा एमाले र तराई केन्द्रित दलहरुको मोर्चा तटस्थ बस्ने पुरानो अडानबाट टस को मस नहुने भएपछि नयाँ प्रधानमन्त्री छान्ने चुनाव विफल हुने देखिएको हो। त्यसपछि भने केही बढि समय खाली राखेर पुन सहमतिको प्रयास थालिने नेताहरुको भनाई छ। प्रधानमन्त्रीको चुनाव गर्न डाकिएको यस अघिका चारपटकका बैठकको पूर्वसन्ध्याभन्दा भिन्न यसपालि दलहरु सहमतिको प्रयासको निम्ति उति सक्रिय देखिएनन्।

कर्मकाण्डि प्रकारको भेटघाट र छलफल चलेपनि न त सहमतिको लागि कुनै ठोस प्रयास भयो न त नेताहरुमा नै कुनै उत्साह देखियो। सहमतिको लागि भनेर शनिबार नयाँ आधारपत्र अघि सारेको पार्टि एमालेले उक्त दस्तावेजबारे अरु दलसंग औपचारिक छलफल समेत गरेन।“आज आईतबार त्यस्तै भयो अब यसबारे सबै प्रमुख दलहरुलाई सम्भवत सोमबार औपचारिक जानकारी दिनेछौं,” पार्टिका महासचिव ईश्वर पोखरेलले बताए।

यसअघिका मतदानको पूर्वसन्ध्यामा आन्तरीक एवं बाह्य छलफलमा निकै व्यस्तहुने गरेको तराई केन्द्रित दलहरुको मोर्चाको बैठक सोमबार बिहानमात्र हुने भएको छ। उसको निर्णयपनि कुनै नौलो नहुने करीबकरीब निश्चित नै देखिएको छ। मोर्चाको एउटा घटक तराई मधेश लोकतान्त्रिक पार्टिका नेता ह्रदयेश त्रिपाठिका अनुसार आईतबार मोर्चासंग कसैको औपचारिक वार्ता भएन।

“व्यक्तिगत रुपमा कसैले भेट्नुभएको भए त्यो कुरा सोमबार बस्ने मोर्चाको बैठकमा छलफल होला,” त्रिपाठिले भने।  मोर्चाको अनिर्णयले माओवादी विलखवन्दमा परेको छ भने एमालेको तटस्थताले नेपाली कांग्रेस अलमलिएको छ। माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले नाम फिर्ता लिए आफुहरुपनि अध्यक्ष प्रचण्डको उम्मेदवारी फिर्ता गर्न तयार रहेको बताइसकेको छ।

तर कांग्रेसले भने शान्ति प्रक्रिया टुंग्याउने सहमति कार्यान्वयनको ग्यारेन्टि विना उम्मेदवारी फिर्ता नलिने बताएको छ। “शून्यतामा सहमतिको सरकार निर्माण हुन सक्दैन। सहमतिको जगमा मात्रै सहमतिको सरकार बन्न सक्छ। त्यसैले यतिबेला उम्मेदवारी फिर्ता लिनु निरर्थक छ,” कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले बताए।

लका नेताभन्दा संसदका सभामुख आईतबार बढि सक्रिय थिए। साँझ राष्ट्रपतिसंग भेट्न भ्याएका सभामुखले दिउँसो सबै प्रमुख दलका नेताहरुसंग सामूहिक छलफल गरे। उक्त छलफलमा संलग्न माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भनाईबाट निरन्तर विफल भइरहेको प्रधानमन्त्रीको चुनावी प्रक्रियाबाट नेताहरुनै विस्तारै थाक्न थालेको संकेत मिल्छ।

“सोमबारपनि चुनावले परिणाम नदिने सम्भावनानै बढि छ। आईतबार सभामुखका साथ भएको छलफलमा त्यसपछि चाहिं अलि समय लिएर दलहरुबीच सहमति निर्माण गर्ने तर्फ लाग्ने कुरा भएको छ,” श्रेष्ठले भने। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको दुई महिना पुग्न लागिसकेको छ। यसबीच भएको चार पटकको संसदीय मतदानमा कुनै उम्मेदवारले पनि आवश्यक बहुमत पुर्‍याउन सकेनन्।

पाँचौं पटक हुने मतदानलेपनि परिणाम दिने सम्भावना क्षीण छ। त्यसैले सोमबारको चुनावको परिणामभन्दा पनि त्यसपछि प्रमुख दलहरुले आफ्ना अडानमा कुनै परिवर्तन ल्याउलान् कि भन्ने कुराले धेरैको ध्यान तानेको छ।

Source: BBC Nepali

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s