राजदूतलाई खुल्ला चिट्ठी (संस्था र दूताबासको शित युद्ध)


सुजन केसी/कुवेत २२ अगस्त । एनआरएनए कुवैतको आयोजनामा कुवैतको मालिया स्थित नेपाली चर्चमा २० अगस्तका दिन कुवेतमा खुलेका संघ संस्था बुद्धीजिबी समाजसेबी पत्रकारहरुको साझा छलफल कार्यक्रम सम्पन्न भएको थियो  । खासगरेर नेपाली दुतावास कुवैतले दुतावासमा आएका पीडित नेपालीहरुलाई खानपिन र आवासको व्यवस्थापन गरेको खर्चलाई कुवैत स्थित संघ संस्था मार्फत सहयोगको प्रस्तावका सम्बन्धमा छलफल केन्द्रीत थियो ।

यसरी नै छलफलमा दुतावासले पीडित र पीडितका गुनासाहरु ठिक ढंगले सुनुवाई नगरेको तथा हिटलरी शैलीमा दूर  व्यवहार गरेको भन्ने गुनासाहरु छलफलमा उठाईएका थिए । छलफलमा सवै भन्दा जोड दिईएको विशेष थियो सेल्टर  स्थापना हाल सम्म पनि नहुनुमा । छलफलमा सहभागीले दूताबासको कार्य सैइलीको बिरोधमा मोर्चा खोलेका थिए । बिरोध, आक्रोश आलोचनाको ओईरो लागेको थियो । छलफलमा उठेका बिरोध आरोपको बारेमा नयाँ नेपालका  अध्यक्ष दिल बहादुर पुनले लेखेको समाचार  नेपालकुवेत डट कम मा प्रकाशित भएको थियो ।

त्यसमा नेपाली दूताबास कुवेतले  घोर आपत्ति जनाउदै सात दिन भित्र प्रमाण सँग दूताबासमा पुग्नको लागि पुर्जी काटेको थियो । पुर्जी काटेको सामाचार नेपालकुवेत डट कम मा प्रकाशित भएको थियो । त्यसैको प्रती उत्तरमा अध्यक्ष पुनले महामहिम ज्यु लाई मिडिया मार्फत लेखेको खुल्ला पत्र हामीले जस्ताको तस्तै तल प्रकासीत गरेका छौ ।

माहमहिम राजदूत ज्यू :
नेपाली दुतावास कुवेत

कुवेत बाट प्रकाशित भएको “नेपाल कुवेत डट कम” मा प्राप्त समाचार अनुसार नयाँ नेपाल यूबा क्लब कुवेतको अध्यक्ष दिल बहादुर पुनको नाममा इस्पष्टिकरणका लागि पुर्जी काट्नु भएको समाचार प्रकाशित हुँदा खुसी लागेको छ। मेरो लागि यो खुसी को कुरा हो । म किन खुसी छू भने मेरो बिचार धारा अनुसार कुनै पनि काम लाई अगाडी बढाउनु को लागि र सत्य तथ्य लाई प्रमाणित गर्नुको लागि आलोचना गर्न मन लाग्छ। शायद यो कुरा कसैलाई मन पर्दैन होला ।

जस्तै कुवेत मा भएको नेपालीहरुको मिटिङ नेपाली दुतावास लाई मन परेन । आलोचन कसैलाई पनि मन पर्दैन र सत्य तितो हुन्छ । २० अगस्त २०१० को दिन कुवेत स्थित (एन आर एन) गैर अबासीय नेपाली सस्था कुवेत ले आयोजना गरेको बैठक मा बिभिन्न संघ सस्था को उपस्थिति रहे भएको कुरा मैले समाचार मार्फत प्रकाशित गरेको थिए । म मात्र नभएर बैठक मा उपस्थित बिभिन्न संघ सस्था को प्रतिनिधि हरुको बिचमा उल्लेखित  कुरा हरु हुन ।

तर दुतावासले प्रकाशित गरेको समाचारमा दिल बहादुर पुन को नाममा पुर्जी काटेको  भन्ने लेखियो अनि दुतावासले ७ दिन को म्याद दिएको भन्ने पनि उल्लेखित भएको समाचारमा प्रकाशित भयो तर कर्मचारी को नाम उल्लेखित नभएको कारण कहाँ सम्मको सत्य हो भ्रम भएको हुनाले माहमहिम राजदूत ज्यू समक्ष स्पस्ट पारिदिनु हुन अनुरोध गरेको गर्दछू । तपाई हरुको यो माथी उल्लेखित चिठ्ठीमा  कुनै नाम उल्लेखित छैन दुतावास कुवेत मात्र छ । कुनै पनि निकाय बाट पत्र लेखिन्छ भने सचिब या अध्यक्ष को नाम सही छाप हुदैन र ?  बाबा ले पनि छोरा लाई चिठ्ठी लेख्दा आफ्नो नाम उल्लेखित गरेको हुन्छ हैन र ? नेपाली दुतावास भनेको पनि हामी कुवेत बासि ४४,००० नेपालीको ओत लिने स्थान र  बाबा आमा सरह होइन र ? कानून बिपरीत काम गर्ने र समाचार प्रकाशित गर्ने लाई कार्बाई हुन्छ या हुदैन ?  म पनि कानून को दाएरामा सहमत छू ।

दुताबासले पुर्जी काटेकै हो भने पनि दुतावासले पत्रिकामा प्रकाशित गरेको भरमै म पनि दुतावास  मा आउने छैन/- कुवेतमा कुवेत बासि नेपाली हरूलाई कुनै त्यस्तो खालको समस्या पर्छ भने त्यति बेला दुतावासको ढोकामा  आउने छू किन भने त्यों अधिकार  नेपाल सरकार बाट प्राप्त भएको अधिकार हो । त्यति बेला निकायको कर्मचारीले त फटाह तेरो काम गर्नु मिल्दैन भन्नु मिल्दैन किन कानून को दायरा मा बसेर काम गर्नु नै पर्छ ।

यदि  सत्य तथ्य साँचो भए मेरो नाममा दुतावासले पुर्जी काटेको हो भने मेरो हात मा तोकेको मितिमा पुर्जी प्राप्त भए प्रमाण सहित हजूर हरूको समक्ष हाजिर हुने छू । पत्रिका मा प्रकाशित भएको पुर्जी मा हजूर हरू समक्ष हाजिर हुन असमर्थ छू । किन त्यसरी पत्रिकामा छापेको भरमा हिड्दा नयाँ नेपाल र नयाँ नेपालको कानून बिपरीत भएको हूदाँ ७ दिने म्याद मा उपस्थित हुनु उचित हुदैन।दुतावासले मेरो नाममा काटेको पुर्जी पत्रिका मा प्रकाशित भएको कारण मैले पनि पत्रिका मार्फत प्रकाशित गरि नै खुलसत पारि दिन हुन माहमहिम राजदूत ज्यू :लाई अनुरोध गरेको छू ।

नयाँ नेपाल नयाँ कानूनको उज्जल भाबिष्यको बाटो खोजी गर्ने उही
दिल बहादुर पुन
कुवेत

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s