दुबईमा पनि नेपालीलाई मृत्युदण्ड


दुबई, भाद्र ८ – संयुक्त अरब इमिरेट्सको एक अदालतले एक नेपालीलाई मृत्युदण्ड सुनाएको कुरा नेपाली राजदूतावास अबुधाबीले मंगलबार अपरान्ह जारी गरेको एक प्रेस विज्ञप्तीबाट खुलासा भएको छ । यसअघि कुवेत र कतारमा नेपालीलाई मृत्युदण्ड सुनाएको खबरले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध तुल्याएकोमा अब दुबईमा पनि अर्को नेपालीको मृत्युदण्डको खवरले दुखी बनाएको छ । मृत्युदण्डको फैसला सुनाई सन् २००३ देखि नै दुबईको सेन्ट्रल जेलमा राखिएका उक्त व्यक्ति धारी गा.बि.स. दार्चुलाका अमरबहादुर बम हुन् । उनलाई एकजना भारतीय नागरिकको हत्याकाण्ड प्रकरणमा दुइ जना भारतीयसँगै मृत्युदण्ड सुनाइएको बिज्ञप्तीमा उल्लेख छ । मृत्यदण्ड सुनाइएको अभियुक्तका अनुसार उनले हत्याराहरुको सवारी चालकको रूपमा काम गरेका थिए । आफू हत्यामा प्रत्यक्ष संलग्न नरहेको र हत्या हुनुपूर्व र हत्याको तत्कालपश्चात् पनि सोको बारेमा अनविज्ञ रहेको कुरासमेतको निवेदन उनले नेपाली दूतावासमा दिएका छन् । बिज्ञप्तीमा भनिए अनुसार उनी भाषाको समेत कठिनाइका कारण परिबन्दमा परेका हुन् । अभियुक्तले सहयोगका लागि राजदूतावासमा अनुरोध गरेकाले महामहिम राजदूत थापाले उनको विषयमा पुनरावेदनको अवस्था र सजाय कम गर्न सकिने सम्भावनाको बारेमा दुबईका जेनरल डिपार्टमेन्ट अफ करेक्शनल इन्स्टिच्युशन्सका महानिर्देक मेजर जनरल मोहम्मद हुमैद सैफ अल् सुवैदीसँग निजकै कार्यालयमा सोमबार लामो छलफल गरेका थिए । सोही मौकामा अल् अबीर जेलसमेत भनेर चिनिने उक्त इंस्टिच्युशनमा सजाय भोगिरहेका अन्य नेपालीहरुको बारेमा जानकारी लिंदै महामहिम राजदूतले सुवैदीसँग उनीहरुको समस्याहरुको बारेमा छलफल गरेको पनि बिज्ञप्तिमा उल्लेख छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s