पर्बतारोहन रोयल्टी जिल्ला विकास योजनामा


भाद्र-९ सल्लेरी(सोलु अनलाईन) – सोलुखुम्बुका ३ मुख्य दलका नेताहरुले जिल्लामा पर्बतारोहन रोयल्टीबापत आएको रकमलाई दिगो योजनामा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सोलु एफ.एमको कार्यक्रम सरोकारसँग कुरा गर्दै उनिहरुले बजेटलाई छरपष्ट र हिनामिना हुनबाट बचाउने प्रतिबद्धता जनाएका हुन् । सरोकारसँग कुरा गर्दै नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष आङ ङिमा लामाले यस अघि पप्त पर्बतारोहन रोयल्टीबापतको रकमको खर्चमुल्याङकन गर्न र यो पटकको बजेटलाई सहि ठाउँमा प्रयोग गर्न भरपुर प्रयास गर्ने बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेस सोलुखुम्बुका सभापती आङ गेलु शेर्पाले बजेटलाई कनिकाजस्तो छरिन र कागज बनाएर सिध्याउनबाट जसरी भएपनि बचाउने बताउनु भयो । बजेटलाई सहि ठाउँमा प्रयोग गर्न आफुहरुको तर्फबाट पनि सहयोग हुने भन्दै एकिकृत नेकपा माओबादीको शेर्पा स्वायत्त गणराज्य प्रमुख गोम्बु शेर्पा कज्र्याङले हिनामिना रोक्न र दिगो प्रकृतीको योजना छनौट गर्न सहयोग गर्ने बताउनु भयो ।
आर्थिक बर्ष २०६४/६५ मा उठेको पर्बतारोहन रोयल्टी बापतको ५ करोड ६७ लाख ६६ हजार रुपैयाँ सोलुखुम्बुमा प्राप्त भएको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट पप्त भएको यो रकम पर्यटन रोयल्टी बापतको रकम भएकोले यसलाई पर्यटनसँग प्रत्यक्ष रुपमा सम्बन्धित जिल्ला परिषदबाट स्विकृत पुर्वाधार बिकासका योजनामा मात्र खर्च गर्न पाईने व्यवस्था छ । यो बजेटलाई प्रशासनिक कार्यमा भने खर्च गर्न नपाईने व्यवस्था रहेको छ ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s