पावैमा साढे २ किलोबाट क्षमताको पेल्टिक सेट


भाद्र-९ पावै (सोलु अनलाईन) सोलुखुम्बुको पावै ८ खोर्दामा साढे २ किलोबाट क्षमताको पेल्टिक सेट सञ्चालनमा आएको छ । जिल्ला विकास समितीको १ लाख, अन्नबाली कृषी समुहबाट ३ लाख १८ हजार र जनश्रमदान ६४ हजार गरी ४ लाख ८२ हजारको कुल लागतमा सो पेल्टिक सेट सञ्चालनमा आएको पावैबाट प्रभुराम राईले जानकारी दिनुभयो ।
पेल्टिक सेट सञ्चालनमा आएपछि ३२ घरधुरी लाभान्वित भएका छ । ०६६ साल चैत्रबाट नै सञ्चालनमा आईसक्नुपर्ने सो विजुली लक्ष्यभन्दा केही ढिलाई भएको निमार्ण समितीका अध्यध प्रेम बाबु राईले बताउनुभयो । पेल्टिक सेट सञ्चालनमा आएपछि विद्यार्थीहरुलाई पढ्न सजिलो भएको बताएका छन । नेपाल बिद्यार्थी संघ ७ नम्बर ईलाको आयोजनामा आज मेहन्द्रोदय उच्च माबी सल्यानमा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेविसंघ ७ नं ईलाका समिति संयोजक रोहित भट्टाराई, लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बिद्याथार्थीहरुसँग कुरा गर्दै नेविसंघ सोलुखुम्बुका कोषध्यक्ष बाबुराम आचार्यले नेपाली काँग्रेसको १२ औ अधिवेसनमा युवाहरुको उल्लेख्य प्रतिनिधित्व भएपनि युवाहरु नेतृत्वको खिलापमा परे अर्को पुस्ताका लागि अभिसाप सरह हुने बताउनु भयो ।
सोही कार्यक्रममा लिलाराम बस्नेतको अध्यक्षयतामा ४१ सदस्यीय नेविसंघ ईकाई समिति गठन समेत गरेको सल्यानबाट नेविसंघ ईलाका समिति सचिब गणेश बास्तोलाले जानकारी दिनुभयो ।

Advertisements

One thought on “पावैमा साढे २ किलोबाट क्षमताको पेल्टिक सेट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s