प्रहरीले गोली चलाउँदा चार सर्वसाधारण घाइते


मनोज बस्नेत

काभ्रे,  – धुलिखेलमा मंगलबार साँझ प्रहरीले गोली चलाउँदा ४ सर्वसाधारण घाइते भएका छन् । स्थानीयवासीको आक्रमणमा १० प्रहरी पनि सामान्य घाइते भएका छन् । धुलिखेलको सन्जिवनी क्याम्पस नजिकै स्थानीय उच्छृंखल युवाहरुको आक्रमणमा बा २ च ७८१७ नम्वरको भ्यानका चालक श्याम तामाङ गम्भीर घाइते भएपछि कारवाहीको माग गर्दै अरनिको राजमार्ग बन्द गर्ने स्थानीयमाथि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रहरी प्रमुख रविन्द्र धानुकले प्रहरीको हतियार खोस्न आएपछि प्रहरी गोली चलाउन बाध्य भएको दाबी गरेका छन् । गोली लागेर घाइते १० प्रहरी र ४ स्थानीयवासीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s