मप स्पोटर््स अवार्डको खेलाडीको नाम सार्वजनिक


गोपाल नेपाल, काठमाडौं/ नेपाल खेलकुद पत्रकार माच नेपालगंजले यहि भदौं १४ गते आयोजना गर्ने बजाज पल्सर मध्यपश्चिम स्पोर्टस् अवार्ड-२०६६ का लागि पुरस्कृत गर्न लागेको विभिन्न ४ वटा विधाको मनोनयनमा पर्ने खेलाडीको नाम  सार्वजनिक गरेको छ ।मनोनयनमा परेका विधाहरुमा वर्षको उत्कृष्ट खेलाडी, पुरुष उत्कृष्ट, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक रहेका छन् । उक्त  विधाका पाँच पाँच जना खेलाडीको नाम खेलाडी छनौट उपसमितिका संयोजक टिएस ठकुरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका विधाहरुमा उत्कृष्ट खेलाडी पुरुषमा ह्याण्डबलका दिनेश विष्ट र प्रकाश रावल कि्रकेटका महेश क्षेत्री क्वानमुकान कराँतेका ज्ञानप्रसाद राई र ब_िक्सङ्गका हस्त बहादुर जिएम रहेका छन् ।

त्यसैगरी उत्कृष्ट महिला खेलाडीमा फुटबलकी निरु थापा, कि्रकेटकी नेरी थापा, एथलेटिक्सकी केसरी चौधरी भारोत्तोलनकी राम कुमारी चौधरी र फुलकन्ट्याक्ट कराँतेकी गंगा चौधरी रहेका छन् । उत्कृष्ट युवा खेलाडीमा एथलेटिक्सका कृष्णा चौधरी, दिलमाया चौधरी र वर्षा भट्टराई ब्याडमिन्टनका इरफान अन्सारी र कि्रकेटका सनम श्रेष्ठ रहेका छन् । उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्र बहादुर गुरुङ्ग, ह्याण्डबलका जयन्त कुमार शर्मा सुटिङ्गका उपेन्द्र थापा र माया रोक्का जुडोका दलबहादुर गुरुङ्ग रहेका छन् । गत वर्षको प्रदर्शनका आधारमा मनोनयन गरिएको संयोजक ठकुरीले बताउनुभयो । मनोनयनका आधारहरु प्रदर्शन सफलता अनुशासन र व्यक्तिगत सफलता रहेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s